बस पल्टँदा १० घाइते



चितवन, १७ माघ । पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार ना५ख ११२१ नंको बस बिहान ९ः३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको हो । दुर्घटनाका घाइतेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा २८ जना सवार रहेको बुझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्