फेडेररलाई अस्ट्रेलियन ओपनको उपाधि



लन्डन, (एजेन्सी)
रोजर फेडररले अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। मेलबोर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसअन्तर्गत आइतबार भएको पुरुष एकलको फाइनलमा स्पेनका राफेल नाडाललाई हराउँदै फेडेररले उक्त सफलता हासिल गरेको हो। ३५ वर्षीय स्वीस टेनिस खेलाडी फेडेररले ६–४, ३–६, ६–१, ३–६ र ६–३ को सेटमा नाडालको चुनौती समाप्त पारेका हुन्। योसँ
गै उनले आफ्नो करियरको ग्रान्डस्लाम उपाधि संख्या १८ पुर्याएका छन्। १४ पटकका ग्रान्डस्लाम विजेता नाडाललाई हराएसँगै फेडेररले अस्ट्रेलियन ओपन उपाधिको संख्या पनि पाँच पुर्याएका छन्। अस्ट्रेलियन ओपन पाँचपटक जितेसँगै फेडेररले तीनवटा छुट्टाछुट्टै ग्रान्डस्लाममा पाँच वा सोभन्दा बढी उपाधि जित्ने कीर्तिमानसमेत रच्न सफल भए।

उनी तीन प्रमुख ग्रान्डस्लामहरू अस्ट्रेलियन ओपन, युएस ओपन, विम्बलडन पाँच पटकभन्दा बढी जित्ने पहिलो खेलाडी बनेका छन्। उनले समान पाँच–पाँचपटक अस्ट्रेलियन ओपन र युएस ओपन तथा सातपटक विम्बलडन टेनिसको उपाधि हात पारेका छन्। यस्तै फ्रेन्च ओपन भने फेडेररले एकपटक जितेका छन्। फेडेररले सन् २०१२ को विम्बल्डन टेनिसयता पहिलोपटक ग्रान्डस्लाम उपाधि जितेका हुन्।

प्रतिक्रिया दिनुहोस्