गाउँमा कुलमानलाई स्वागत



काठमाडौं, (नेस) उपत्यकामा लोडसेडिङमुक्त गराएर देशभर रहेको लोडसेडिङ हटाउने अभियानमा रहेका नेपाल विद्युत् प्राधिरणका कार्यकारी प्रमुख आफू जन्मिएको गाउँमा आउने भएपछि बेथानको डुहमा छुट्टै रौनक छाएको थियो। घिसिङ आउने भए पनि बेथानलगायतका छिमेकी गाविसहरूबाट मानिस भेला भएका थिए। प्राधिकरणको प्रमुख भएपछि छोटो समयमा नै उपत्यका र पोखरालगायतका शहरमा लोडसेडिङमुक्त बनाउन सफल भएका घिसिङ अहिले चर्चामा छन्। डुह मावि डुहले आयोजना गरेको कार्यक्रममा सहभागी हुन घिसिङ बेथानमा आइपुग्दा गाउँलेले नागरिक अभिनन्दन गरेका छन्।

नागरिकहरूले वर्षौंदेखि लोडसेडिङको मार खेप्दै आएकोमा घिसिङ प्राधिकरणको प्रमुख भएको छोटा अवधिमा नै लोडसेडिङ हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन्। राम्रो काम गरेर देशलाई उज्यालो बनाउने अभियानमा अझै प्रभावकारीरूपमा लाग्न घिसिङलाई जिल्लाबासीले सुझाव दिएका छन्। डुह मावि भूतपूर्व विद्यार्थीसमेत रहेका घिसिङलाई विद्यालयका संस्थापक सदस्य प्रतापसिंह लामाले सम्मानसहित नागरिक अभिन्दन गर्नुभएको थियो। कक्षा १ मा डुह माविमा भर्ना भएका घिसिङ प्राधिकरणको प्रमुख भएपछि पहिलोपटक आफ्नै गाउँमा प्रमुख अतिथिका रूपमा आउनुभएको थियो।

घिसिङले पढेको डुह माविमा भूतपूर्व विद्यार्थी समाजले प्रदान गरेको इन्टरनेट सेवा र सीसी क्यामेरा सेवाको उद्घाटनसमेत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्