एचएच बजाजको नयाँ शोरुम



नेपाल समाचारपत्र
काठमाडौं
एचएच बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत एचएच बजाजले नयाँ शोरुम केएम इन्टरप्राइजेज महेन्द्रनगरको कञ्चनपुर भासी–२ मा सञ्ंचालनमा ल्याएको छ।

एचएच बजाज ग्राहकलाई उनीहरूले खरिद गरेको सामग्रीको अधिकतम मूल्य भुत्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको जनाएको छ। नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ। यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भन्नुभयो– ‘हामी हाम्रा ग्राहक निरन्तर बढिरहेकोमा निकै खुशी छौं। त्यसको लागि हाम्रा ग्राहकलाई सहिरूपमा संतुष्टिका साथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व हो।

हाम्रो महेन्द्रनगरको कन्चनपुर भासी–२ मा रहेको नयाँ शोरुमको माध्यमबाट हाम्रो ग्राहकहरूका लागि एक कदम थप सहजता हुनुका साथै बजाज मोटरसाइकलहरूको अनुभव लिने अवसर हुने हामीले अपेक्षा गरेका छौं। हामी देशैभरी रहेका हाम्रा ग्राहकहरूलाई उच्चगुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्