फेडररलाई १८औं ग्रान्डस्लाम उपाधि



लन्डन, एजेन्सी

 

रोजर फेडररले १८औं ग्रान्डस्लाम उपाधि जीतेका छन।

 

मेलबोर्नमा जारी अस्ट्रेलियन ओपन टेनिस अन्तर्गत आइतबार भएको पुरुष एकलको फाइनलमा राफेल नाडाललाई हराउँदै फेडररले उक्त सफलता हासिल गरेका हुन। ३५ वर्षीय स्वीस टेनिस खेलाडी फेडररले ६-४, ३-६, ६-१, ३-६ र ६-३ को सेटमा नाडालको चुनौती समाप्त गरेका हुन।

यो सँगै उनी तीन प्रमुख ग्रान्डस्लामहरु अस्ट्रेलियन ओपन, यूएस ओपन, विम्बलडन पांच पटक भन्दा बढी जित्ने पहिलो खेलाडी समेत बनेका छन। उनले समान पांच-पांच पटक अस्ट्रेलियन ओपन र यूएस ओपन तथा सात पटक विम्बलडन टेनिसको उपाधि हात पारेका छन।

 

प्रतिक्रिया दिनुहोस्