स्ववियु निर्वाचन हुन दिन्नौं: नेविसंघ काठमाडौं अध्यक्ष



काठमाडौं, १६ माघ ।
अध्यक्षले एक्लै घोषणा गर्दैमा स्ववियु निर्वाचन हुन नदिने नेविसंघका असन्तुष्टले जनाएका छन् ।

उमेर हद कायम नगरे कडा आन्दोलन गर्ने चेतावनी दिदै देशभरका क्याम्पसमा कालो झण्डा गाडेको नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्य नेतृत्वका समुहले आज सोमबार देशैभरका क्याम्पस प्रमुखको कार्यकक्ष तालाबन्दी गर्ने कार्यक्रम घोषणा गरेको छ ।

उनीहरुले पर्सि नेविसंघको धोविधारा स्थित मुख्यालयमा धर्ना दिने, त्यसबाट पनि माग पुरा नभए पर्सि तालाबन्दी गर्ने कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौ अध्यक्ष वैद्यले नेविसंघका अध्यक्ष नैनसिह महर एक्लैले गरेको निर्णय कार्यान्वयन हुन नदिने बताउदै तत्काल निर्णय फिर्ता नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्