वन फडाँनीबारे राजमोर्चाको ध्यानाकर्षण



विमल विष्ट, डोटी ।
डोटीको जोरायल क्षेत्रका तीन सामुदायिक वनहरुमा भएको वन फडानीको घटनामा राष्ट्रिय जनमोर्चा डोटीले आफनो ध्यानाकर्षण भएको जनाएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै जनमोर्चाले ध्यानाकर्षण भएको भन्दै संलग्नलाई कार्वाहीको माग गरेको छ ।

‘प्रमुख जिल्ला अधिकारी मार्फत कार्वाहीको माग गर्दै प्रधानमन्त्रीलाई पत्रिका सहित ज्ञापनपत्र दिइरहेका छौं’, पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य मनोज भट्टले भन्नु भयो –‘अख्तियार, सचेतना केन्द्र र प्राकृतिक स्रोत तथा साधन समितिलाई पनि ज्ञापनपत्र बुझाउदै छौं ।’

केन्द्रिय सदस्य भट्टले कर्मचारीको प्रत्यक्ष संलग्नमा बन फडानी भएको आरोप लगाएका छन् । जिल्ला वन अधिकृत बद्री कुमार कार्मीले त्यहाँ भइरहेको फडानीबारे आफुलाई कुनै जानकारी नभएको दाबी गरेपनि जनमोर्चाका केन्द्रिय सदस्य भट्टले वन प्रमुख माथि पनि शंका गर्नुभएको छ ।

‘तल्लोतहका कर्मचारीमात्र संलग्न छन् भन्ने भ्रममा हामी छैनौं’, भट्टले पत्रकार सम्मेलनमा थप भन्नु भयो–‘मिठाई माथिसम्मै पुगेको छ, यस्मा संलग्न सबै कार्वाहीको भागेदार हुनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्