रोशी खोलामा चार करोडको पुल



मोतीराम तिमल्सिना, काभ्रपलाञ्चोक ।

पटक पटक निर्माण गर्ने आश्वासन पाएर पनि निर्माण हुन नसकेको दाप्चा स्थित रोशीखोलामा पुल निर्माणको काम शुरु भएको छ । पुल निर्माणको क्षेत्र नम्वर २ का सांसद रामहरी सुवेदीले अनुगमन गरेका छन् ।

लामो प्रतिक्षापछि शिखरआम्बोटे, खहरेपाँगु, भुग्देउ महाँकाल लगायत १० भन्दा धेरै गाविसका सर्वसाधारणहरुले वर्षातको समयमा पनि खोलाबाट ओहोरदोहोर प्रतिक्षा पछि शिखरआम्बोटे, खहरेपाँगु, भुग्देउ महाँकाल लगायत १० भन्दा धेरै गाविसका सर्वसाधारणहरुले वर्षातको समयमा पनि खोलाबाट ओहोरदोहोर पाउने भएका छन् । पटक पटक उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले रोशी खोलामा पुल निर्माणका लागि आश्वासन दिए ।

सोहि क्षेत्रका जननाहरुका लागि नेताहरुले आश्वासन दिए तर आश्वासन भुल्दै गए । चर्चित डन समेत रहेका गणेश लामा, उनका बाबु, राप्रपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका ब्यक्तिहरुले समेत फलामेसाँघुमा पुल निर्माणका लागि फित्ता लगेर नापे । तर पुल बन्ने सम्भावना भएन र बनेन पनि ।

जब उत्त निर्वाचन क्षेत्रमा एमालेका उपाध्यक्ष समेत रहेका पनौतीका रामहरी सुवेदी विजयी भए तब उनले आफै पुलको नापजाँच गरेर सडक डिभिजन कार्यालय मार्फत निर्माणका लागि रकम पारे । झण्डै चार करोड बराबरको पक्कि पुल निर्माणको फलामेसाँघुमा शुरुवात भएको छ ।

सासंद सुवेदीले उक्त पुल निर्माण कार्यको शिल्यान्यास गरेका थिए । यस अघि सोहि क्षेत्रबाट नेपाली कांग्रेसका सभापति शिवप्रसाद हुमागाई, नेकपा माओवादीका अक्कल बहादुर थिङ्ग विजयी भएका थिए । उनिहरुले समेत शिखरआम्बोटे गाविस र आसपास क्षेत्रका सर्वसाधराणलाई आश्वासन दिएका थिए । तर पुल निर्माणको काम हुन नसकेको स्थानीय जनक लामाले बताए ।

२०७४ असार मसान्त भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुल निर्माण पछि सोहि क्षेत्रमा विकासको सम्भावना र त्यहाँको उत्पादन बजारसम्म आउन सहज हुनेछ । खोला बढेपछि रोशी खोला वारीपारी यातायात बन्द हुँदै आएको थियो । पानी ठुलो पर्ने वित्तिक्कै वारीपारी यातायातको साधन बन्द हुँदै आएको थियो ।

डाँडापारीका ७ वटा गाविस पुल निर्माण पछि सोहि मार्ग हुँदै जानेछन् । महादेवटार, सिपाली, शिशाखानी, कटुञ्जे, घर्तिछाप, बुढाखानी, गोकुले, बनखुु, महाँकाल, खहरेपाँगुका सर्वसाधारण पुलबाट लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्