सुदूर पूर्वको लामा सुदूर पश्चिममा तरकारी खेती गर्दै



विमल विष्ट, डोटी ।
नेपालको सुदूर पुर्वी जिल्ला ईलाम जिल्लाको कमलजेउडाका जिवन लामाले डोटीमा आएर कृषि खेती र जडीबुटीको खेतीको सुरुवात गरेका छन् । क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको दिल्पेश्वर मठ भित्र रहेको खाली जमिनमा उनले तरकारी तथा जडीबुटी खेतीको सुरुवात गरेका हन् । लामाको तरकारी खेतीले पछिल्लो समय मठको मुहारनै फेरिन थालेको छ ।

लामाले उक्त मठको बाँझो जमिनमा काउली, टमाटर, भिन्टी रायो, करेला च्याउँ, लैका, काँक्रो, गाँजर, सलगम लगाएतका बिभिन्न खाले तरकारी र चिराईतो, हलचुर, कुरिलो नामका जडी बुटीको खेती गरेर उदाहरणिय काम देखाएका छन् । लामाले तरकारी तथा जडीबुटी खेती गरेपछि उक्त जमिन अहिले हरीयाली भएको स्थानिय बिकास नाथले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘पहिला यो जमिन सुख्खा र बाँझो थियो,अहिले लामा जीले हरियाली बनाई दिए,जमिननै मनोरम देखिन थालेको छ ।’ अहिले लामाको बारीमा तरकारी किन्नेहरुको भिड लाग्ने गरेको छ । परिश्रम गरे बालुवा पनि खेती हुन्छ भन्ने उदाहरण दिएका छन् लामाले दिपायल मठमा ।

बर्षेनी रोजगारीका लागि भारत पस्दै आएका डोटेलीहरुलाई काम गर्न सके घरैमा पैसा भएको उदाहरण समेत उहाँको तरकारी तथा जडीबुटी खेतीले दिएको छ । तरकारी किन्ने तथा जडीबुटी खेती हेर्नेको भिडले दिपायल मठमा पछिल्लो समय निकै चहल पहल बढेको मठका पुजारी मुरलीनाथ योगीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘सुख्खा जमिनमा खेती गरेको हेर्न मान्छे आउछन् कोही तरकारी किन्न आउछन् साँझ बिहान मठ चहल पहल बढेको छ ।’ यतिमात्र नभई लामाले ईलाममा समेत चिया बगान खोलेका छन् ।

कृषि पेसामा आफुलाई निकै रुचिरहेको बताउदै लामाले भन्नु भयो ‘मैलै १४ बर्ष चिया बगैचामा खेती गरे, यहाँका स्थानियले मलाई सहयोग गरे डोटीलाई पनि म ईलामको चिया बगैचा जस्तै हरियाली बनायर छोड्छु ।’

कामका लागि मलेसिया, कतार तथा साउँदी अरबमा ७ सात बर्ष पसिना बगाएका लामा अर्काको देशमा पसिना चुहाउनु भन्दा आफनै देशमा केही गर्नु पर्छ भन्ने उदेश्यका साथ दिपायल आएका हुन् । लामाको उदाहरणिय काम देखेर दिपायलका स्थानियबासी पनि उहाँ प्रति निकै खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्