न्यानो झोला कार्यक्रम काटिदा सुत्केरीलाई सास्ती



दयाराम पण्डित
बाजुरा, १६ माघ ।
सुत्केरीले पाउने न्यानो झोला कार्यक्रम काटिदा बाजुराका सुत्केरी महिला तथा नवजात शिशु प्रभावित भएका छन् । विगतमा अस्पतालमा बच्चा जन्माउदा न्यानो झोल र १५ सय रुपैंया सहित पाउथ्योैं बच्चालाई पनि तातो हामीलाई पनि फेर्ने कपडा हुन्थ्यो तर आजकाल सिस्टरले कपडा दिईनन् रुगिन स्वास्थ्य चौकीमा बच्चा जन्माएकी महिला दुधकला रोकायले दुखेसो गरिन् ।

कपडा खै त? भनदा आजकाल कार्यक्रम छैन आउपछि दिउंला सिस्टरले भनिन् रोकायाले थपिन् । न्यानो कपडा र भत्ता पाउने आसले पिठ्युमा श्रीमतीलाई बोकेर स्वास्थ्य चौकीमा गएं कपाडा दिएनन् १५सय दिएर पठाए डोगडीका लालीत रावतले भने । त्यस्तै जिल्लाभरीका स्वास्थय संस्थाका बर्थिंङ्ग सेन्टरका महिलाले न्यानो झोलाको कुरा गर्छन । सात महिना भयो नयाँले कपडा पाउन छोडेको ।

वर्षभरि एकसरो कपडा किन्न धौधौ पर्ने महिला तथा शिशुका लागि बरदान स्वरुप भएको थियो, एक्कासी काटिदा सुत्केरी निरास हुदै घरफर्केने गरेको रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेमकला मल्लले बतार्ईन् । अनमी मल्लले भनिन् ः “गाउंबाट गर्भिणी बोकेर स्वास्थ्य चौकी बर्थिंङ्ग सेन्टरमा आउछन् तर सुत्केरी भएपछि बदल्ने एकजोर कपडा ति महिलासंग हुदैन रक्ताम्य कपडा लगाएर घर पठाउनु परेको छ ।” सरकारले नानोकपडा नियमित गरोस् ।

स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी गराउनेको संख्या बृद्धि भईरहेको वेला सरकारले दिदै आएको उक्त न्यानो झाला कार्यक्रम माथिल्लो निकायबाट कटौती गर्दा बाजुराका विपन्न सुत्केरी महिला प्रभावित भएको जिल्ला सवास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर मोहन नाथले बताउनु भयो ।

विगत देखि सरकारी सेवा स्वरुप पाउदै आएको १३ वटा आईटम सहितको एक हजार रुपैंया वरबरको न्यानो झोलामा नवजात शिशुलार्ई भोटो, तोलिया, रुमाल लगायतका न्यानोकपडाका साथ आमालार्ई हुने दुईजोड म्याक्सी हुन्थयो । डाकटर नाथले भन्नुभयो ः “उक्त कपडा प्रयोग गर्दा शिशु र आमा दुबैलाई सिताङ्ग हुनवाट बचाउने उद्येश्यले न्यानो झोला दिइन्थ्यो । चिसो वाट बच्नु र आंग ढाक्न निक्के राम्रो थियो । त्यही झोलाले विपन्न महिलालाई त निक्कै राहात भएको थियो ।

यस आर्थिक वर्ष देखि बजेट काटिएर आयो डाक्टर नाथले भन्नु भयो । ” विगतको तुलनामा ंस्थागत सुत्केरी गराउने महिलाको संख्या बढेको छ । यो वर्ष बाजुरामा संस्थागत सुत्केरी गराउनेको संख्या १३ प्रतिसतले बृद्धी भएर ६८ प्रतिसत पुगेको छ । स्वास्थ्य संस्थामा सुत्ेकरी गराए १५सय रुपैंया दिईन्छ । चार, छ, आठ र नौं महिनामा गरी चारपटक गर्भ जांच गराएवापत चार सय रुपैंया थप गरी १९ सय रुपैंया नियमित दिदै आएको बताइएको छ । एक हजारको न्यानो झोला दिदा महिला खुशी भएर फर्किन्थे ।

कहिलेकही बजेट केन्द्रवाट ढिलो आउंछ स्वास्थ्यको आन्तरिक कोष र कर्मचारी आफैले पनि सापटी गरी सुत्केरी भत्ता नरोकेको डाक्टर नाथले बताउनुभयो । सरकारले न्यानो झोला वितरणमा समस्या आएको भन्दै यो वर्षको बजेटमा कार्यक्रम राखेको छैन । विगत आठ वर्ष देखि दिदै आएको न्यानो झाला कार्यक्रम यो वर्ष देखि बन्द भयो । कार्यक्रम नियमित गर्न माथिल्लो निकायमा अनुरोध गरेका छौं आगामी वर्ष थपेर आउछकी भन्ने पर्खाइमा छौं डाक्टर नाथले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्