पर्सामा कांग्रेसको चुनाव हुने पक्का



कृष्णउदास खनाल
वीरगन्ज ।
पटक पटक स्थगित हुदै आएको नेपाली कांग्रेस पर्साको निर्वाचन यही माघ २५,२६ र २७ गते हुने निश्चित भएको छ ।

कांग्रेस पर्साको निर्वाचन अब नसर्नै र तोकिएकै मितिमा हुने नेपाली काग्रेस पर्साका सचिव अशोक जायसवालले बताएका छन् । नेपाली कांग्रेस निर्वाचन समिति पर्साका प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले नेपाली काग्रेस पर्सा माघमा हुने २५,२६ र २७ गते निर्वाचनका लागि केन्द्रवाट पत्र वीरगन्ज गईसकेको र सोही अनुसार तयारी पनि भई सकेको उनले बताए ।

नेपाली कांग्रेस पर्साको निर्वाचन तालिका अनुसार माघ २५ गते नामाड्ढन दर्ता दाबी विरोध नामाड्ढन फिर्ता कार्यक्रम राखिएको छ भने मतदान २६ गते चुनाव हुने तय गरिएको छ ।

नेपाली कांग्रेसको विधान अनुसार कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएमा पुनः २७ गते निर्वाचन गरिने तय भएको निर्वाचन अधिकृत कोइरालाले बताए ।

नेपाली कांग्रेस पर्साको सभापतिमा नेकां पर्साको पूर्व सभापति एवं पूर्व सभासद् अजय द्विवेदी, पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका सचिव अशोक जायसवाल र बसिष्ट नारायण कुर्मी उम्मेदवारी घोषणा गरी प्रचार प्रसार शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्