मनाङ मस्र्याङदी आहा च्याम्पियन



धन बस्नेत, पोखरा

झण्डै १५ हजार दर्शकलाई साक्षी राख्दै सर्वाधिक आहा गोल्डकप जित्ने नाम मनाङ मस्र्याङदीले लेख्यो । १५ औं सस्करणको आहा गोल्डकपको उपाधि उचाल्दा मनाङ मस्र्याङदीले घरेलु भूमिमा घरेलु टोलीलाई १—० ले पराजित ग¥यो । डिफेन्स कमल श्रेष्ठले ३५ यार्डको दूरीबाट हानेको बल गोल भएपछि उपाधि उचाल्ने सपना मनाङ मस्र्याङदीले पुरा ग¥यो ।

१२ औं सस्करणको फाईनलमा आयोजक सहारासंग पराजित हुदाँको पीडा भुल्दै मनाङले डिफेन्डिङ च्याम्पियनको साख पनि जोगायो । उपविजेतामा चिक्त बुझाउँदै आयोजक सहाराले क्लबले अर्को वर्ष उपाधि उचाल्ने सपना साँच्दै विट मा¥यो ।

मनाङ मस्र्याङदी क्लब अधिकांश राष्ट्रिय खेलाडी थिए भने आयोजक सहारा क्लब यू–१९ का खेलाडीले भरिएको थियो । दर्शकको समर्थन दुवैलाई उस्तै रह्यो । तर बाजी मार्न मनाङ मस्र्याङदीले ७० मिनेट कुर्नुप¥यो । श्रेष्ठको प्रहारलाई सहाराका गोलकिपरले मेसो नै पाउन सकेनन् । बल “कर्भ’ हुदैं गोलपोस्टभित्र छि¥यो । जसले मनागंलाई च्याम्पियसहित नगद पाँचलाख पुरस्कार राशीको हकदार बनायो ।

तर सहारालाई फाईनलमा भाग्यले ठग्यो । कप्तान उत्तम गुरुङको प्रहार क्रसबारमा लागेर रिवाउण्ड हुनु नै सहाराको भाग्य छोपियो । हेमन्त गुरुङको पासमा अफ्रिकन खेलाडी मार्टिनले मनाङका डिफेन्सलाई कटाउँदै हानेको बल गोलकिपरबाट रिफ्लेक्ट भएको थियो । रिफ्लेक्ट बललाई उत्तमले ५२औं मिनेटमा उत्कृष्ट प्रहार गरेपनि क्रसबारमा लागेर फर्कियो ।

“खेलाडीले राम्रो खेले । अवसर पाएका थियौं । तर ब्याड लक नै मान्नुपर्छ । क्रसबारमा लागेर फर्कियो । त्यो नै हाम्रो लागि अशुभ संकेत भयो ।’ सहारा क्लबका प्रशिक्षक किरण श्रेष्ठले भने— “यद्यपी खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु ।’

सहाराले फाईनलमा आधा दर्जन फ्रिकिकको अवसर पायो । तर कुनैपनि फ्रेम भित्र परेन । पहिलो फ्रिकिक खेलको आठौं मिनेटमा हेमन्तले प्रहार गरेका थिए । मार्टिनको हेड क्रसबारमाथिबाट बाहिरियो । अरु फ्रिकिक प्रहार भएपनि मनाङ डिफेन्सले क्लियर गरे । मनाङले पनि एकोहोरो दवाबमा राख्यो । बल नियन्त्रणमा लिदैं एकपछि अर्को मुभ बनाउन कसरत गरेपनि मनाङ सफल हुन सकेका थिएन । खेलको १२औं मिनेटमा अनिलको हेड बाहिरियो । विक्रम लामाले पहिलो फ्रिकिक हिर्काउँदै अवसर मिलाईदिएका थिए ।

खेलको अतिरिक्त समयमा अनिल गुरुङले मिलाईदिएको पासलाई सुजल श्रेष्ठले फ्रि हेड हानेपनि पोस्टको दिशा नसक्दा गोल अन्तर बढ्न सकेनन् । जुन प्रयास मनाङ मस्र्याङदीको लागि अन्तिम अवसर थियो । “स्कोर निकाल्न ढिलो भयो । सहाराले डिफेन्सिप खेलिदियो । त्यसले गर्दा केही कठिनाई भयो ।’ मनाङ मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भने–“ तर अन्तिम समयमा भएपनि गोल निस्कियो । पोखरामा फेरी एकपटक उपाधि उचाल्यौं ।’

हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित फुटबल प्रतियोगिताको उपाधिसहित मनाङ मस्र्याङदीले नगद पाँचलाख एकहजार एक रुपैयाँ नगदको हकदार बन्यो । उपविजेता बनेको सहारा क्लबले नगद दुईलाख ५१ हजारमा चिक्त बुझायो ।

उत्कृष्ट खेलाडीको पुरस्कार सहाराका गोलकिपर सुजित गुरुङले हिरो ड्यास स्कुटर पाए । उत्कृष्ट स्ट्राइकरको पुरस्कार शिव सुवेदी (सहारा), सर्वाधिक गोलकर्ता कर्ण सुब्बा (धरान फुटबल क्लब—तीन गोल), उत्कृष्ठ डिफेन्स कमल श्रेष्ठ (मनाङ), उत्कृष्ठ मिडफिल्डर सुजल श्रेष्ठ (मनाङ) उत्कृष्ट गोलरक्षक सुजित गुरुङ (सहारा) र उत्कृष्ट प्रशिक्षक किरण श्रेष्ठ (सहारा) घोषित भए ।

सर्वाधिक गोलकर्ताले नगद रु.२५ हजारसहित ट्रफी प्राप्त गर्दा अन्यले ट्रफी सहित जनही १५ हजार पाए । अनुशासित टोलीको पुरस्कार रमपम झापा ११ लाई प्राप्त गरे । विजेतालाई महिला तथा समाजकल्याण मन्त्री कुमार खड्काले ट्रफीसहित नगद प्रदान गरेका थिए । एघार दिने प्रतियोगितामा भाग्यमानी दुईजना दर्शकलाई टिभी तथा एकतोला सुनको औठीं प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्