‘हिउ“ प¥यो, आलु उत्पादन बढ्छ’



चिरञ्जीवी मास्के, दोलखा
हिउ“ झर्दैै गर्दा बारी खन्दै थिइन् खरीढुंंगाकी १८ वर्षीया पार्वती मानन्धर। ‘यो वर्ष बेलामै दुईपटक हिउ“ प¥यो, अब आलु धेरै फल्छ,’ मानन्धरको भनाइ थियो।

दोलखाको लाकुरीडा“डा गाविसस्थित खरीढुंगा आसपासका किसान अहिले आलु रोप्न व्यस्त छन्। बेलैमा हिउ“ परेको छ पार्वतीले भन्नुभयो– ‘हिउ“ले माटोलाई चिसो राख्ने भएकाले आलु धेरै फल्छ। हिउ“ पर्दा चिसो हुने भएकाले धेरैलाई चिन्तित बनाए पनि हामीलाई चा“ही खुशी लाग्छ।’ भूकम्पले घर भत्किएर टहरामा बस्नु परेको भए पनि हिमपातपछि आलु उत्पादनमा वृद्धि हुने भएकाले त्यो खुशीले अरु सबै पीडा भुलाएको पार्वतीको भनाइ थियो।

खरीढुंगाका किसान पुस÷माघ लागेपछि हिउ“को पखाईमा हुन्छन्। हिउ“ परेपछि पर्यटक पनि बढ्छन्, आलु उत्पादनमा पनि वृद्धि हुन्छ, स्थानीय भीमकाजी श्रेष्ठले भन्नुभयो–‘यो वर्ष बेलामै दुईपटक हिमपात भयो अब आलु उत्पादन दोब्बर हुन्छ। खरीढुंगाका एउटा किसानले सरदर वार्षिक २ लाख रुपिया“सम्मको आलु बिक्री गर्दै आएका छन्, पुस माघमा राम्रोस“ंग हिमपात भयो भने आम्दानी दोब्बर हुन्छ।’

खरीढुंगा आसपासमात्र ५० भन्दा बढी किसानले आलुखेती गर्दै आएको भीमबहादुरले जानकारी दिनुभयो। खरीढुगाबाट मात्र वार्षिक १ करोड रुपिया“भन्दा बढीको आलु बिक्री हुने गरेको स्थानीय किसान बताउ“छन्। खरीढुंगा र आसपास हरेक वर्षको पुस÷ माघमा आलु रोप्ने गर्छन्। यो सिजनमा हिउ“ प¥यो भने माटो चिसो र मलिलो हुने भएकाले आलु राम्रो हुने किसानको भनाइ छ।

लाकुरीडा“डा गाविसका सचिव तीर्थ घिमिरेले त्यस गाविसबाट मात्रै वार्षिक ५ करोड रुपिया“भन्दा बढीको आलु बिक्री हु“दै आएको बताउनुभयो। गत वर्ष हिमपात ढिला भएकाले आलु सोचेजति उत्पादन भएको थिएन, यो वर्ष भने समयमै दुईपटक हिमपात भएकाले आलु उत्पादन बढ्ने किसानको अपेक्षा रहेको सचिव घिमिरेको भनाइ छ।

खरीढुंगाको आलु मुडेको आलुको नामले काठमाडौंमा बिक्री वितरण ह“ुदै आएको सचिव घिमिरेले जानकारी दिनुभयो। ‘अब हामी जिविसको सहयोगमा आलु प्याकिङको लागि बोरा वितरण गर्छौ। जसले दोलखाको आलु हो भन्ने सबैलाई जानकारी हुनेछ।’ सचिव घिमिरेले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्