मलाइकाको बिकनी अवतारले हंगामा



बलिउड आइटम क्विन तथा नायक सलमान खानकी भाउजु मलाइका अरोराले आफ्नो इन्स्टग्राममा बिकनीमा खिचेका केही फोटो शेयर गरेपछि बलिउडमा हंगामा मच्चिएको छ। ४३ वर्षीया उनी समुद्रको किनारमा बोल्ड अवतारमा देखिएकी छिन्। उक्त फोटोहरूमा उनको अनुहार सफा देखिएको छ।

केही दिनअघि यस्तै प्रकारको फोटो हालेर उनले टेक मि ब्याक टु प्याराडाइज लेखेकी थिइन्। उनको सलमान खानका भाइ अरवाजसँग सम्बन्ध टुट्न लागेको खबरले लामो समयसम्म चर्चा पाएको थियो। यसबीचमा उनीहरू अलग हुने र फेरि साथै रहने कुराहरू पनि आए। तर, गत नोभेम्बरमा मलाइका र अरवाजले सम्बन्ध विच्छेदको केस नै हाले।

भनिन्छ कि अघिल्लो सालको मार्च महिनामा पपुलर रियालिटी शो पावर कपलमा जब उनीहरू दुवैलाई देख्न छोडियो, त्यही बेलादेख उनीहरू अलग हुन लागेको कुरा चल्न थालेको थियो। सन् १९९८ मा विवाह बन्धनमा बा“धिएका उनीहरूको सम्बन्ध २०१६ मा टुटेको थियो। उनीहरूको एक छोरा अरहान खान छन्, जो मलाइकास“गै रहन्छन्।

प्रतिक्रिया दिनुहोस्