‘मेरो घर बाँचुुञ्जले केही हुुन्न’



रोषन पराजुली हेटौंडा,(नेस) । पति बितेको सात वर्ष भयो । आफ्नो नाममा एक टुुक्रा पनि जग्गा छैन । माइला दाइको जग्गा कमाएर बसेकी उनको विहान/बेलुुका टाउको लुुकाउने एउटा घर थियो ।

भूूकम्पले भत्काइदिएपछि सोचिन्– पति भइदिएको भए मेलापात गएर कमाएको पैसाले भत्किएको घर उठाउँथे । घर भत्किएपछिको घामपानी अस्थायी टहराले छेकेपनि मकवानपुुर सुुकौरा–७, भीमसेनडाँडाकी ३६ वर्षीया कान्छीमाया मुुक्तानको जीवनमा अभाव र दुुःख छेकिएन ।

दुुःखका बेला आफ्ना कोही हुुन्नन् भन्ने लागेको थियो कान्छीमायालाई । तर, राडो टियरफण्डको सहयोगमा बनाइने घरका लागि गाउँस्तरीय वडा नागरिक मञ्चले उनको नाम छनौट गरेपछि उनमा खुशीको सीमा रहेन । ‘दुुःखका बेला आफ्नै गाउँका दाजुुभाइ काम लाग्दा रहेछन्,’ उनी भन्छिन्– सहयोग गर्छुु भनी गाउँमा आउने दातालाई मेरो घरको बाटो देखाइदिने असल छिमेकी नभइदिएको भए आज मेरो घर निर्माण हुँदैन थियो । टियरफण्डको आर्थिक सहयोगमा राडो नेपालले उनलाई भूूकम्पप्रतिरोधी नमूूना घर निर्माण गरिरहेको छ ।

भूूकम्पले आफूू बस्र्दै आएको घर भत्काए पनि अहिले नयाँ घर आफ्ना लागि बन्दै गर्दा आफूू खुशी रहेको उनको भनाइ छ । भन्छिन्– पहिलेको घर भूूकम्पप्रतिरोधी थिएन भत्कियो, अबको घर जगैदेखि बलियो गरेर बनाईदैछ । बाँचुुञ्जले केही हुुन्न जस्तो लागेको छ । अहिले बनिरहेको घरको जग, डीपीसी, शिल्ड, स्टिच, लिन्टेललगायत राम्ररी हेरेकी उनलाई यसरी घर निर्माण गर्दा कहिल्यै भत्किँदैन भन्ने लाग्छ ।

स्कुले अध्ययन नगरेकी कान्छीमायाको घर सुखदुुःखले चलेको छ । कमाइएको दाइको जग्गाबाट आउने अन्नपातले जेनतेन उनको घर चलेको छ । एकल महिला कान्छीमायासँग कान्छी ज्वार्ई र छोरी पनि बस्दै आइरहेका छन् । १८ वर्षीया कान्छी छोरी विमलाले पढेकी छैनन् भने २० वर्षीय ज्वार्इं रमेश भुुलुनले ३ कक्षासम्म अध्ययन गरेका छन् ।

ज्वाईंछोरीका एक वर्षीय छोरा समिर कान्छीमायाकै घरमा आश्रय लिइरहेका छन् । गरिबीका कारण छोरीलाई पढाउन नसकिएको र कलिलै उमेरमा विवाह गर्न बाध्य हुुनुपरेको दुुःखसो कान्छीमाया गर्छिन् ।

दाइको जग्गामा अधियाँमा खेतीपाती लगाउनुुका अलावा उनले केही बाख्रा पनि पालेकी छिन् । सिजनमा बेच्नसके त्यसबाट आउने रुपियाँले घर चलाउन सहज हुने उनी बताउँछिन् । आर्थिक अभावमा दैनिकी चलाइरहेकी कान्छीमायालाई अहिले बनिरहेको घर जीवनको सबभन्दा ठूूलो उपलब्धि हो भन्ने लागेको छ ।

कान्छीमायाजस्ता घर सहयोग पाउनेमा मकवानपुुरगढी, सुुकौरा, बुढीचौर, इपापञ्चकन्या, कोगटे, सिस्नेरी, मन्थली र बेतिनीमा गरी ७० परिवार छन् । आर्थिकरुपमा विपन्नता भएका घरधनीलाई घर सहयोग गर्न गाविसस्तरीय विपद् व्यवस्थापन समितिले निर्णय गरेको थियो ।

७० मध्ये अधिकांश घर निर्माण कार्य अन्तिम चरणमा पुुगेको र बाँकीमा काम धमाधम भइरहेको राडो नेपाल अध्यक्ष कृष्ण धिताल बताउँछन् । राडोले टियरफण्डको सहयोगमा मकवानपुुरको आग्रा र टिष्टुुङमा ३९ वटा भूूकम्पप्रतिरोधी नमूूना घर तथा २ लाख ५० हजार अनुुदानमा ६ सय वटा घर निर्माण गरिरहेको संस्थाका सूचना व्यवस्थापन अधिकृत विष्णुु धितालले बताए ।

भूूकम्पप्रतिरोधी घरमा ट्वाइलेट, सुधारिएको चुुल्हो, अर्थिङ, सोलार, गटरपाइप समेत निर्माण गरिएको कार्यक्रमका प्राविधिक संयोजक दिवस खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्