झरीका कारण महोत्सव प्रभावित



नेपाल समाचारपत्र
पर्वत
विहानैदेखि परेको अविरल वर्षाका कारण पर्वत महोत्सव प्रभावित भएको छ। बिहीबारदेखि शुरू भएको पर्वत महोत्सव झरीले प्रभावित बनाएको हो। झरीका कारण स्टल व्यवसायीहरू बढी समस्यामा परेका छन्।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्सवको उद्घाटन गर्नुभएको थियो। शुक्रबार विभिन्न राष्ट्रिय कलाकारले प्रस्तुति दिने कार्यक्रम रहे पनि झरीकै कारण कलाकारले आफ्नो प्रस्तुति देखाउन पाएनन्। ‘पानी परेपछि महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणको संख्या उत्साहजनक देखिएन त्यसैले कलाकारको प्रस्तुति रोकेका छौं’ कलाकार संयोजक तथा उद्योग बाणिज्य संघका उपाध्यक्ष केदारनाथ शर्माले बताउनुभयो।

२२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ६० भन्दा बढी होटल, कृषि, लघु उद्यमी, फेन्सी लगायतका स्टल रहेका छन्। महोत्सवको दोस्रो दिनमा नै सोचेअनुरूप व्यवसाय गर्न नपाएपछि स्टलवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्