कलेज सुन्दरीको प्रतिभा



राजधानीमा हुन लागेको मिस कलेज नेपाल२०१७ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। प्रतियोगिताको ट्यालेन्ट शोअन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, बाद्यबादन, वतृत्वकला, चित्रकला, कविता वाचनलगायतका कला प्रस्तुत गरे। प्रतियोगीहरुमध्ये धेरैजसोले नृत्य प्रस्तुत गरेका थिए।

मर्मेड इभेन्ट्स एन्ड इन्टरट्रेनमेन्टद्वारा आयोजित प्रतियोगितामा ४२ जना प्रतियोगी रहेका छन्। प्रतियोगिताका लागि कोरियोग्राफी रोजिन शाक्यले कोरियोग्राफी गरिरेहका छन्। प्रतियोगीहरुलाई तीन सातादेखि विभिन्न प्रशिक्षण प्रदान गरिएको आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्