साहित्य के हो ?



० संवेदनशील रचनाकारको जीवन र जगत्प्रतिको रागात्मक र वैचारिक प्रतिक्रियाको परिमाण हो साहित्य । सामाजिक यथार्थ र जीवनलाई बोध गराउने र भौतिक एवम् आत्मिक रुपले रुपान्तरित गर्न सहयोग पुर्याउने सशक्त माध्यम पनि हो यो ।
–निनु चापागाईं
० साहित्य भनेको मेरो परिभाषामा जीवन र जगत्सँग सम्बन्धित मानवीय संवेदनाको तीव्र अनुभूति हो ।
–पद्मावती सिंह
० साहित्य सबै हो, सबै होइन ।
–परशु प्रधान
० साहित्य जीवनका संवेदना र अनुभूतिका सुन्दर काव्यिक अनुभूति हो ।
–पूर्ण वैद्य
० साहित्य त्यो दियो हो, जसले संकुचनको अँध्यारो हटाउने प्रयास गर्छ तथा मानवको संवेदना अभिवृद्धि गर्नमा मद्दत गर्दछ ।
–प्रतिसरा सायमी
० साहित्य समाज रुपान्तरणको, जीवन परिष्करणको प्रभावशाली माध्यम हो ।
–प्रदीप ज्ञवाली
० साहित्य जीवनको अनुभूति (सुखद⁄दुःखद) हो ।
–प्रल्हाद पोखरेल
० यथार्थपरक कलात्मक अभिव्यक्तिको आलङ्कारिक अनुभूति नै सुन्दर साहित्य हो ।
–प्रेम छोटा
० साहित्य समाजको विशुद्ध, व्यापक दर्पण, वर्णन र चित्रण हो ।
–प्रेमप्रकाश मल्ल
० सत्यलाई अझै सुललित, तथ्यलाई अझ तरल रुपमा शब्दातीत संवेगहरूद्वारा प्रक्षेपण हुने संवेदनाको स्वर नै साहित्य हो ।
–प्रेमविनोद नन्दन
० भावनाको सुन्दर तथा कलात्मक अभिव्यक्ति नै साहित्य हो ।
–बद्री पलिखे

प्रतिक्रिया दिनुहोस्