राष्ट्रपति चढेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण



नेपाल समाचारपत्र
दाङ
राष्ट्रपति विद्यादेवी भण्डारी चढेको नेपाली सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण दाङमा अतवरण गरेको छ।

कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरे पनि प्रतिकूल मौसमका कारण उहाँ चढेको नेपाली सेनाको हेलिकोप्टर दाङमा अतवरण गरेको हो।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर अघि बढ्न नसकेपछि बिहान पौने ११ बजे हेलिकोप्टर सशस्त्र प्रहरीको ज्वालाई गण भालुवाङमा अवतरण गरेको थियो।

मौसमका केही सुधार आएपछि दिउँसो २ः२० मा हेलिकोप्टर उडेको थियो। तर, पुनः प्रतिकूल मौसमका कारण हेलिकोप्टर अघि बढ्न नसकेपछि राष्ट्रपति चढेको हेलिकोप्टर पुनः ३ः२० मा घोराहीमा अवतरण गरेको थियो। साँझसम्म पनि मौसममा सुधार नआएपछि राष्ट्रपति दाङमै बसेको सुरक्षा स्रोतले जनाएको छ। उहाँ नेपाली सेनाको रिपु मर्दन गण घोराहीमा बस्नुभएको छ।

राष्ट्रपति भण्डारी शिवनगर दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उद्घाटनलगायतका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन धनगढी जान थाल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्