आर्मीद्वारा उपाधिको रक्षा



काठमाडौं, (नेस)
आयोजक नेपाल आर्मीले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सञ्चालन भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्न सफल भयो। विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोली पश्चिमाञ्चलले ७५ हजार प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पार्दै आर्मीका मानबहादुर श्रेष्ठले बजाज कम्पनीको पल्सर मोटरसाइकल प्राप्त गरे। त्यस्तै विभिन्न विधामा आर्मीकै वर्चस्व रहेका छन्। जसमा प्रशिक्षक जगदीश भट्ट, स्पाइकर धनबहादुर भट्ट, ब्लकर हरिहजुर थापा र डिफेन्डर ईश्वर थापा मगर उत्कृष्ट हुँदै नगद १०⁄१० हजार हासिल गरे। एउटै मात्रै विधा उत्कृष्ट सेटर पुलिसका इम रानामगर घोषित भएका थिए।

प्रतिक्रिया दिनुहोस्