सायद–२ हङकङपछि जापानमा



हङकङबाट रिलिजमा आएको सायद–२ नेपालमा भने आगामि असार ३० गतेबाट रिलिज हुने भएको छ। सायद, होस्टेल र होस्टेल रिटन्र्सबाट स्थापित ब्यानरको रूपमा चिनिएको दुर्गिश फिल्म्स्द्वारा निर्मित सायद–२ बलिउड फिल्ममा सहायक निर्देशन र सिरिलयमा निर्देशन गर्दै आएका पुष्पराज न्यौपानेले निर्देशन गरेका छन्।

अभिनेता सुनील रावलका साथमा ईश्वर श्रेष्ठ र सुभास लामिछानेको निर्माणमा बनेको सायद–२ त्यसअघि नै फागुन १९ गते टोकियोमा प्रिमियर गरिने भएको छ। प्रिमियरमा सहभागी हुन निर्माता सुनील रावल, दुर्गिश थापा, कलाकार सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठलगायतको टोली जापान जाने भएको छ।

राजु विक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बास्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनील रावल, किरण शर्मा र कामना प्रसाईंको मुख्य भूमिका छ।

निर्माता तथा अभिनेता रावलले अब दुई फिल्म लाहुरे र उलन म्यारी निर्माणकार्यको थालनी गरेको जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्