एनसेलको नयाँ एसएमएस प्याक



नेपाल समाचारपत्र
काठमाडौं
एनसेलले नयाँ एसएमएस प्याक योजना ल्याएको छ। यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्कभित्र अझ सुलभ दरमा एसएमएस सेवा लिन सक्नेछन्। नयाँ एसएमएस प्याक माघ १४ गतेबाट शुरू भई १५ दिनसम्म सञ्चालनमा रहने छ। यो एसएमएस प्याकअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार ५ रुपियाँ करसहितमा १५० एसएमएस वा २५ रुपियाँ कर सहितमा हजार एसएमएस पाइने प्याक सुचारु गर्न सक्नेछन्। २५ रुपियाँमा हजार एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसा प्रतिएसएमएसको न्यून शुल्कमा कुनै पनि एनसेल नम्बरमा एसएमएस गर्न सक्नेछन्।

ग्राहकले एस्ट्रिक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यो योजना सुचारु गर्न सक्छन्। एसएमएस मार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्छन्। यसका लागि १५० वटा एसएमएस पाइने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा ५ टाइप गरी १७११९ मा एसएमएस पठाउन सक्नेछन्। त्यस्तै हजार एसएमएस पठाउन सकिने प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा २५ टाइप गरि १७११९ मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्छन्। यी दुवै प्याक सुचारु भएको दिनदेखि ३० दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ।

‘बढ्दो सञ्चार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकका लागि यो ‘नयाँ एसएमएस प्याक’ योजना ल्याएका हौं,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्