तनाव झेल्दै मनाङ फाइनलमा



पोखरा, (नेस)
नावपूर्ण खेल जित्दै मनाङ मस्र्याङदी क्लबले १५औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गर्दा संकटाले खप्तड गोल्डकपमा जस्तै नियति भोग्यो। ६२ औं मिनेटमा पोखरेली खेलाडी सुशिल केसीले रातो कार्ड आत्मसात गरी बाहिरिएपछि दश खेलाडीमा सीमित संकटालाई १—० गोलले पन्छाउँदै मनाङले फाइनल यात्रा तय गरेको हो।

मनाङ र संकटाले बिहीबार सम्पन्न सेमिफाइनल खेलमा पाएका अवसरलाई खासै सदुपयोग गर्न सकेनन्।यद्यपि मनाङले प्रभावशाली खेल प्रस्तुत गर्यो भने संकटाले मनाङको हरेक पक्षलाई कमजोर तुल्याउन कुनै कसर भने बाँकी राखेन। ८५औं मिनेटमा फ्रि किकलाई विक्रम लामाले हाने। लामाको पास विमल बस्नेतले हेड गर्दै ओलावालेलाई दिए। ओलावालेले गोल गरेपछि मनाङले संकटामाथि जित सुनिश्चित गर्यो।

‘रातो कार्ड नै हारको टर्निङ प्वाइन्ट बन्यो। रेफ्रीको निर्णयप्रति घोर आपत्ति छ। रेफ्री नै मनाङको खेलाडी भएर जजमेन्ट गरिदिए।’ सीएमजी संकटाका प्रशिक्षक सल्यान खड्गीले भने– ‘१४ र १० खेलाडीबीचको प्रतिस्पर्धा रह्यो। रेफ्रीले गलत निर्णय गर्दा खेल गुमाउन पुग्यौं।’

केसीले बल नियन्त्रणमा दिँदै पास दिने क्रममा मनाङका कप्तान अनिल गुरुङले ट्याकल गरी लडाइ दिए। लडाएपछि आक्रोषित बनेका केसीले अश्लिल शब्द प्रयोग गरेको भन्दै रेफ्रीले दुई पहेंलो कार्ड (रातो कार्ड) देखाउँदै मैदानबाहिर पठाए। दश खेलाडीमा सीमित बन्न पुगेपछि संकटाले त्यसपछिको समय पूरै रक्षात्मक गरेर जोगाए पनि अन्त्यमा असफल हुन पुग्यो। खेल सकिन पाँच मिनेट रोक्न नसक्दा मनाङले इतिहास लेख्दा संकटाको दुर्दशा देखियो।

‘मिडफिल्ड र स्ट्राइकर बीचमा तालमेल नै मिलेन्। अपडाउन नगर्दा समस्या रह्यो।फस्ट हाफमा भनेअनुसारको खेलेनन्। दश मिनेटभित्रमा गोल निकाल्ने रणनीति थियो। त्यो नहुँदा दवावमा खेल्नुपर्यो।’ मनाङ मस्र्याङ्दीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भने।

प्रतिक्रिया दिनुहोस्