पृथ्वीको नजिकबाट बस आकारको छुद्रग्रह हुइँकियो



वासिङटन, (एजेन्सी)
तीन हप्ता अगाडि मात्रै पृथ्वीवासीलाई कुनै छनक नै नदिई एउटा भवनजत्रो आकाशीय पिण्ड यस धर्तीको नजिक चन्द्रदूरीभन्दा आधा दूरीबाट हुइँकिएको थियो।

अहिले पनि त्यस्तै खालको एउटा अन्तरिक्ष चट्टान हाम्रो निरीह धर्ती नजिकिँदै छ। उक्त नयाँ पृथ्वी नजिकको वलय २०१७ बीएक्स आकाशीय पिण्ड केही दिन अगाडि जनवरी २० शुक्रबार मात्र वैज्ञानिकहरूको आँखामा परेको हो। यो मंगलबार चन्द्रमा र पृथ्वीबीचको दुईतिहाइ करिब १ लाख ६२ हजार माइल दूरीबाट गुज्रियो।

उक्त छुद्रग्रहको विषयमा नागरिकले अन्तरिक्षको दृश्य प्रत्यक्ष प्रसारण गरिरहने कम्पनी स्लुहको इमेलको माध्यमबाट मात्र थाहा पाए। उनीहरूले यसलाई ‘रिरन’ उपनाम दिएका थिए।

स्लुह र नासा जेपीएलको आँकडाअनुसार छुद्रग्रह २०१७ बीएक्स जनवरी ९ सोमबार पृथ्वी नजिक भएर गएको आकाशीय पिण्ड २०१७ एजी १३ समान हो। तर यो नयाँ छुद्रग्रह धेरै सानो करिब १३ देखि ३६ फिट अथवा एउटा गाडी वा बसजत्रो मात्र थियो र पहिलाको तुलनामा करिब आधा अर्थात् १६ हजार ६ सय माइल प्रति घण्टाको गतिमा थियो।

यो गतिमा रहेको कुनै पनि आकाशीय पिण्डबाट पृथ्वीलाई क्षति पु¥याउन सक्ने सम्भावना कमै रहन्छ। यदि यसको मार्गले हाम्रो पृथ्वीलाई निसाना बनाउँछ र यदि यसका टुक्राहरू उछिट्टिएर आउ“छ र धातुको होइन भने यो हजारौं फिट माथि आकासमा टुक्राटुक्रा हुन्छ र जलेर नष्ट हुने पड्र्युु युनिभर्सिटीले छुद्रग्रहको ठोक्काइमा तयार गरेको सिमुलेसनले देखाएको छ।

यी कमजोर छुद्रग्रहहरूको आगमन यो अर्थमा खतरनाक हुन्छ कि यो नजिकिइसकेको अवस्थामा पनि हामी त्यसप्रति अनभिज्ञ नै हुन्छौं। २०१७ बीएक्स अन्तिम मिनेटमा मात्र मानवको आँखामा पर्नु भनेको हामी थुप्रै परमाणु बम बराबरको शक्ति उत्सर्जित गर्न सकिने र पृथ्वीस“ग ठोक्किन सक्ने सम्भावना राख्ने लाखांै यस्ता आकाशीय पिण्डहरूबाट पनि अनभिज्ञ नै रहेको दर्शाउँछ।

नासाले हालै मात्र अहिलेसम्म फेला पार्न अत्यन्त कठिन हुने तर मानव सभ्यताका लागि गम्भीर खतरा बन्न सक्ने करिब ९० प्रतिशत पृथ्वीसँग नजिकिने छुद्रग्रह फेला पार्न सहयोगी हुने अन्तरिक्ष टेलिस्कोप नियोक्यामका लागि लगानी गर्ने अवसर मिलेको छ।

प्रतिक्रिया दिनुहोस्