सेना र पुलिस उपाधि नजिक



नेपाल समाचारपत्र
काठमाडौं
साबिक विजेता आर्मी र उपविजेता पुलिस प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन््््। बुधबार सम्पन्न सेमिफाइनल खेलमा पश्चिमाञ्चल विकास क्षेत्रलाई आर्मीलाई २५–१७, २५–१९ र २५–१६ को सेटमा हरायो।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पुलिसले जित हात पारेको थियो। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो दुई सेट २७–२५ र २५–२१ ले सहजै जितेको थियो। त्यसपछि पुलिसले लगातार तीन सेट २५–२१, २५–१८ र १५–७ ले जित्दै फाइनलमा स्थान सुरक्षित ग¥यो।

प्रतिक्रिया दिनुहोस्