बालबालिकालाई सहयोग



नेपालगन्ज, ११ माघ । पारिवारिक समस्याले बिचल्लीमा परेका विद्यालय अध्ययनरत चार बालबालिकालाई बागेश्वरी असल शासन क्लबले शैक्षिक तथा आर्थिक सहयोग उपलब्ध गराएको छ ।

क्लबले बाँके जिल्ला टिटिहिरिया गाविसस्थित श्री माध्यमिक विद्यालयको कक्षा ३ र ४ मा अध्ययनरत नवराज थारु र कृष्ण थारुलाई विद्यालय ब्याग, रु पाँच हजार बराबरको स्टेशनरी तथा नगद रु तीन हजार उपलब्ध गराएको छ ।

त्यसैगरी, नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा मागेर जीविकोपार्जन गर्ने रामशिला विकका छोरा राजकुमार विक र बिनिता विकको अध्ययनका लागि नगद रु ६ हजार उपलब्ध गराएको छ ।

सो सहयोग क्लबका कार्यकारी निर्देशक नमस्कार शाह र कार्यक्रम संयोजक विनाद शर्माले प्रदान गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्