सांसद लम्सालले दिए स्वास्थ्य चौकीलाई एम्बुलेन्स



नेपाल समाचारपत्र पर्वत, १२ माघ ।
पर्बत जिल्लाको दक्षिणी क्षेत्र पाङराङमा रहैको एक स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्त्ररण गरिएको छ ।
पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले सांसद क्षेत्र विकास कोष र विभिन्न निकायको सहयोगमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

सांसद विकास लम्सालले पाङराङ स्वास्थ्य चौकी ईन्चार्ज शारदा चौधरीलाई एम्बुलेन्स तथा स्वास्थ्य उपकरणस्वास्थ चौकीलाई हस्तान्त्रण गरे । एम्बुलेन्स नहुँदा हिडेर सदरमुकाम आउने त्यस क्षेत्रका झण्डै ५ गाविसका मानिसहरु लाभान्बीत हुने भएका हुन ।

एम्बुलेन्समा पाङराङ गाविसको ठुलो सम्पति जोडिएको र यसलाई संरक्षण गर्न सबै गाविसबासीहरुको आ–आफ्नो ठाउँबाट ठूलो भूमिका रहेको स्थानिय बासिले बताएका थिए । स्वास्थ्य संस्थामा एम्बुलेन्स आउने ठूलो कुरा नभएको भन्दै त्यस क्षेत्रको सडकखण्डको अवस्था निकै नाजुक भएको र तत्काल सडक मर्मत सम्भार गर्न स्थानियले ध्यानार्कषण समेत गराएका छन ।

केही समय चलेको एम्बुलेन्स बिग्रीएपछि त्यसै थन्कीएको र सोही एम्बुलेन्स मर्मत सम्भार गरि स्बास्थ चौकिलाई हस्तान्त्रण गरिएको हो । हस्तान्तरण गर्दै सांसद लम्सालले बिरामीहरुलाई समयमै अस्पताल पु¥याउन र सहज ढंगले उपचारका गर्नको लागि महत्वपूर्ण भुमिका निभाउन सहयोग गर्ने आशा व्यक्त गरे ।

दुर्गम क्षेत्रका महिलाका दुख र पीडा बुझेको तथा भोगेको भन्दै एम्बुलेन्सले त्यस क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका पीडा कम गर्न सघाउ पु¥याउने बताए । बिरामीका लागि पनि एम्बुलेन्सबाट फाईदा पुग्ने भन्दै यसको दिगोपनाका लागि सहि ढंगले संचालन गर्न स्थानीयले ध्यान दिनुपर्ने सांसद लम्सालको भनाई थियो ।

कार्यक्रममा बोल्दै जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर फडिन्द्र बरालले दुर्गम क्षेत्रका बिरामीलाई छिटो छरितो सेवाका लागि एम्बुलेन्स सञ्चालन गरिएको भन्दै एम्बुलेन्सको सहि सदुपयोग गर्न आग्रह समेत गरे।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा.फडिन्द्र बरालले दुर्गम क्षेत्रका बिरामीलाई छिटो छरितो सेवाका लागि एम्बुलेन्स सञ्चालन गरिएको भन्दै एम्बुलेन्सको सहि सदुपयोग गर्न आग्रह समेत गरे । निर्बाचन आयोग नेपाल, सांसद विकास कोष क्षेत्र नम्बर २ पर्बत तथा गाविस कार्यलयको सहयोग स्वरुप प्राप्त छ ।

पाङराङ स्वास्थ्य चौकी एम्बुलेन्स ब्यवस्थापन समितिका अध्यक्ष तथा गाबिस डिल्लिराम पाध्याको सभापतित्बमा सम्पन्न कार्यक्रमको सञ्चालन पाङराङ स्वास्थ्य चौकीका अहेब श्याम कुमार यादबले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्