संकटाको सकसपूर्ण जित



पोखरा, (नेस) संकटाले सकसपूर्ण खेल जित्दै आहा राराको १५ औं सस्करणको अन्तिम चारमा प्रवेश पाउँदा बंगाली टोलीलाई केवल पोखरा घुम्ने अवसर मिल्यो । बंगलादेशबाट साँझ काठमाडौं ओर्लिएर रातारात पोखरा आईपुगेको नारायणगन्ज एफसीलाई संकटाले २—० गोलले पराजित गर्दै मनाङ मस्र्याङदीसँगको भेटलाई निश्चित बनायो ।
५३ औं मिनेटमा संकटाले विश्वास श्रेष्ठले हानेको कर्नर बललाई अग्ला कदका अफ्रिकन खेलाडी कोनेको हेडिङमार्फत् अग्रता लिएको थियो । सेकेण्डबारमा पुगेको बललाई ‘फिनिसिङ टच’ भने निराजन खड्काले दिए । दोस्रो गोल भने ९१ औं मिनेटमा कप्तान रवि सिलवालले मिलाईदिएको पासलाई विश्वास श्रेष्ठले गोल गर्दै जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्