विस्तराबाटै महिला बेपत्ता



नेपाल समाचारपत्र
लमजुङ । लमजुङमा एक महिला सुतेको स्थानबाटै बेपत्ता भएकी छन् । बेसीशहर नगरपालिका– १७ नाल्मा गैरीगाउँ निवासी ५० बर्षीया महिला आशमाया परियार बेपत्ता भएकी हुन् ।

विहान पाँचबजे सुतिरहेको स्थानबाट आशमाया बेपत्ता भएपछि परिवार चिन्तामा डुबेको छ । परिवारकाअनुसार आफन्त, नातागोता र अन्य स्थानमा खोज्दासमेत आशमायाको अत्तोपत्तो नलागे पछि प्रहरीलाई खोजीदिन अनुरोध गरिएको छ ।

रातो वर्ण भएकी, कलेजी रंगको लुगीं, सेतो रंगको हाइनेक लगाएकी आशमायाको खोजबिनमा सहयोग गरिदिन बुहारी तुलसी परियारले अपिल गर्नुभएको छ । तुलसीका अनुसार आशमायाको मानसिक सन्तुलन
ठीक थिएन ।

प्रतिक्रिया दिनुहोस्