सवारी दुर्घटनामा परि नायिका नम्रता घाइते



काठमाडौं, ९ माघ ।
नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परेकी छिन्। चलचित्र ‘पर्व’को सुटिङ सकाएर फर्कंने क्रममा शनिबार राति नम्रता दुर्घटनामा परेकी हुन्।

उनीसँगै चलचित्रका सह–निर्देशक सुरेश न्यौपाने सवार भएको टिभी फिल्मीको भ्यानले नयाँ बानेश्वर चोकमा बा१झ १७७५ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो।

नम्रताको खुट्टा र हातमा अनि सुरेशको खुट्टामा चोट लागेको जनाइएको छ। सो दुर्घटनापछि आइतबारको छायाङ्कन स्थगित भएको छ। चैत्र २५ गतेलाई प्रदर्शन मिति तय भइसकेको पर्वको यतिबेला छायाङ्कन भइरहेको छ।

सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भइरहेको पर्वमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की आदिको मुख्य भूमिका छ।

प्रतिक्रिया दिनुहोस्