रेडियो भ्वाइसमा मरासिनी



Old radio

चन्द्रौटा, कपिलवस्तु, (नेस)
परिवर्तन सञ्चार गृहद्वारा सञ्चालित सामुदायिक रेडियो भ्वाइसको चौथो साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले बलराम मरासिनी अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। जसको वरिष्ठ उपाध्यक्षमा शान्ता सेन, उपाध्यक्षमा रामप्रघट कोरी, सचिवमा यज्ञप्रसाद अधिकारी, उपसचिवमा सीता रेग्मी र कोषाध्यक्षमा टुकप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ। यस्तै अधिवेशनबाट कमलनाथ चौधरी, अग्नी सापकोटा, पूर्वअध्यक्ष जगत पौडेल सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ।

अधिवेशनले वीरेन्द्र जयसवाल संयोजक तथा कुलचन्द्र सिग्देल र कोशलराज न्यौपाने सदस्य रहेको तीन सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको रेडियोका स्टेशन म्यानेजर सञ्जीव गहतराजले जानकारी दिनुभयो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णुप्रसाद खतिवडाले आम समुदायलाई सुसूचित गर्ने कार्यमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। सञ्चारमाध्यमलाई अग्र पंक्तिमा पुर्याउनु सबैको दायित्व रहेको औंल्याउँदै प्रमुख अतिथि रहेका खतिवडाले यस अभियानमा सकारात्मक सहयोग पुर्याउन जिकिर गर्नुभयो। कार्यक्रममा शेयर सदस्य निशा विश्वकर्मा, शरद अधिकारी, लंकबहादुर हमाल, रामचन्द्र अधिकारीलगायतले संस्थाको विधिविधानमा टेकी काम गर्न सुझाव दिनुभएको थियो।

कार्यक्रममा रेडियो भ्वाइसका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष जगतप्रसाद पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दीपक खडकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्