महादेवको जादुगर चैतमा



कमेडी कलाकार, नृत्य कलाकार तथा जादुगर महादेव त्रिपाठीद्धारा निर्देशित दोस्रो संस्करणको फिल्म जादुगर २ जोकरको श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच आगामी चैत ४ गते फिल्मको रिलीज डेट घोषणा गर्दै श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको हो।

कार्यक्रममा सुगम पोख्रेलको स्वरमा रहेको रङगी चङ्गी दुनियाँ, ध्रुव बिस्को र सुमन गुरुङको स्वरको मदहोस बनायो जिरो फिगरले, कमल खत्रीको स्वरको म त रुन्न भन्थेँ तथा टंक बुढाथोकीको स्वरको दायाँबायाँ बालको गरी ४ सार्वजनिक गरियो
कार्यक्रममा बोल्दै फिल्मका निर्देशक एवं सह निर्माता महादेव त्रिपाठीले आफु नेपालको पहिलो नेपाली जादुगर कलाकार दाबी गर्दै आफ्नै कथामा निर्माण गरेको फिल्म जादुगर सफल भएपश्चात अर्को फिल्म निर्माण गरेको बताए। ‘सवा दुई घण्टाको यो फिल्मले दर्शकलाई हसाउँछ पनि रुवाउँछ पनि। मैले यस फिल्मको लागि निकै मेहनत गरेर काम गरेके छु। मेरो आमा विरामी हुनु भएको अवस्थामा समेत फिल्म शुटिङको लागि हिँडेको छु उनले भने ‘त्यसैले फिल्म राम्रो बनेको छ भन्ने विश्वास छ।ु

यसैगरी फिल्मको निर्माता मधुर बस्नेतले फिल्म कमेडी र एक्सन बेसमा आधारित भएको जनाउँदै दर्शकले फिल्म मन पराउनेमा विश्स्त रहेको बताए। कार्यक्रमका प्रमुख अतिथी एवं नायक शिव श्रेष्ठले हिरो भनेको नै जोकर भएको चर्चा गर्दै नेपालमा पनि जादुगर कलाकार भएको सुन्दा धेरै खुशी लागेको बताए। ‘वास्तवमा हिरो भनेको जोकर हो। विना जोकर कोही पनि हिरो बन्न सक्दैनु उनले भने ‘पहिलो फिल्म जादुगर जस्तै जोकर फिल्म पनि हिट हुनेछ।ु कार्यक्रममा बोल्दै फिल्मका वितरक गोपाल कायस्थले भने सानो पर्दाका कलाकारहरूले बनाएको फिल्म चल्छ कि चल्दैन भनेर टिकाटिप्पणी चलेको बेलामा छ एकान छको वितरणको जिम्मा लिएको र त्यसले उत्कृष्ट व्यापार गरेको स्मरण गरे।

फिल्ममा कथा महादेव त्रिपाठी, लेखन विषेश पन्त, संगीत सुगम पोख्रेल, टंक बुढाथोकी, कमल खत्री र ध्रुव बिस्को, द्धन्द सम्राट बस्नेत, नुत्य शिव बिके, दीपकमान सिंह, सोम लामा र छायांकन मधुर बस्नेतको रहेको छ। महादेव त्रिपाठी, सिम्पल खरेल, संगीता लामा, सुरेन्द्र केसी, शिव शंकर रिजाल, अञ्जु थापा, लक्ष्मी श्रेष्ठ तथा सुर्य चन्द तथा बाल कलाकारहरू रिहान राज गीरी, विश्वकै होचा कलाकार दिपेन शाह, रेशम फिरीरी, राजेन्द्र गिरी, बिनोद राई र सरु धिमाल यसमा प्रम”ख कलाकार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्