इस्लामिक कट्टरपन्थलाई विश्वबाट निर्मुल पार्नेछौंः ट्रम्प



वासिङ्टन (एजेन्सी)
वासिङटन स्थित क्यापिटोल हिलमा अमेरिकाको ४५ औं राष्टपतिको सपथ लिएपछि राष्टपति डोनाल्ड ट्रम्पले करिब २० मिनेट अमेरिकी नागरिकका लागि पहिलो सम्बोधन गरे। राष्टपति चुनावका क्रममा लगातार विवादास्पद टिप्पणी गर्दै विवादमा परेका राष्टपति ट्रम्पले आफनो पहिलो सम्बोधनमा ती प्रसंगहरुलाई स्थान दिएका छैनन्।

उनको सम्बोधन अमेरिकी जनताको हित, सुरक्षा तथा सबैलाई समतेर आफु अगाडी बढ्ने विषयमा केन्द्रित रह्यो। यद्यपी उनले विश्वबाट इस्लामिक कट्टरपन्थीलाई विश्वबाटै निर्मुल पार्ने अठोट गरे।

उनले भने– हामी सत्तालाई वासिङटन डीसीबाट जनतालाई हस्तान्तरण गरिरहेका छौं। यो तपाईहरुको दिन हो, तपाईहरुको खुसीको दिन हो र यो देश अमेरिकका तपाईहरुको देश हो।

देशले बिर्सेका महिला तथा पूरुषलाई अब नविर्सिने र यसमा सरकार कसको हो भन्नेले कुनै फरक नपार्ने तर देश जनताको नियन्त्रणमा छ? भन्ने प्रश्नले भने फरक पार्ने उनले बताए।

अमेरिकाले फेरी जित्ने छ र त्यसतो जित हासिल गर्नेछ जुन पहिला कहिल्यै जितेको छैन। हामी उग्र इस्लामिक कट्टरपन्थ विरुद्ध सभ्य विश्वलाई एकजुट पार्नेछौं र हामी यसलाई धर्तीबाट पुरै निर्मुल पार्नेछौं – उनले सम्बोधनमा भने।

देशभक्तीका लागि आफनो ह«दय खुला राख्न आह्वान गदै ट्रम्पले पुर्वाग्रहका लागि कुनै स्थान नहुने बताए। अमेरिकीहरुले धेरै सोच्नु पर्ने र त्यो भन्दा ठुलो सपना देख्नु पर्ने उनले बताए। धेरै बोल्ने तर काम थोरै गर्ने नेताहरुलाई अब सहन नसकिने ट्रम्पले चेतावनी दिए।

नयाँ राष्टिय गौरबले अमेरिकीको शिर ठाडो पार्ने र अमेरिकीबीचको विभाजनमाथि मलम लगाउने काम गर्ने ट्रम्पले बताए। उनले भने– हामी मिलेर पुन अमेरिकालाई महान बनाउँछौं, हामी अमेरिकालाई फेरी सम्पन्न र वैभवशाली बनाउँछौं।

उनले यसअघि मुसलमान तथा अफ्रिकी–अमेरिकी विरुद्ध जुन प्रकारको बयान दिने गरेका थिए, आफनो पहिलो सम्बोधनमा त्यसतो कुनै प्रसंग उठाएको छैन। यद्यपी ट्रम्पले महिला र मुसलमान विरुद्ध जुन प्रकारका भाषा प्रयोग गरेका थिए, त्यसले भने उनलाई राष्टपति बनिसकेपछि पनि पछ्याउन छोड्ने छैन।

ट्रम्पले बाराक ओबामा तर्फ संकेत गर्दै अमेरिकाको लुटिएका सम्पती जति पनि छन् ति सबै फिर्ता ल्याउने प्रतिबद्धता पनि ब्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्