खेल दुई तिहाइको



संविधान संशोधन विधेयकको पक्षमा आफ्नो मत पुर्याउनका लागि सत्ता पक्षका केही नेताहरूको दौडधूप देखेर धराहरालाई दिक्क लागेको छ। दिक्क नलागोस् पनि कसरी। यहाँ सत्ताको खेल शुरू भएको छ, जुन खेल संसद्मा अक्सर खेलिरहने।

सरकारले अहिले विधेयक पास गरी आफ्नो स्वार्थपूर्तिका लागि संसद्मा एक⁄एक सिट भएका प्रेमबहादुर सिंह र कुमार खड्कालाई मन्त्रिपरिषद्मा सहभागी गराए। त्यस्तै धरहरालाई प्राप्त भएको गोप्य सूचनाअनुसार राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याई विधेयक पास गराउने रणनीतिमा प्रधानमन्त्रीज्यू लागिरहनुभएको छ।

यीबाहेक संसद्मा सांसद किनबेचको खेल पनि शुरू हुँदै छ भन्ने हल्लाले त दिनभर धरहरा वरिपरि आमजनताको चर्चाको विषय बनिर≈यो। आफ्नो स्वार्थका लागि प्रलोभनमा पारेर वा पैसाको बिटो देखाएर लोभलालचमा फसाएर पास गरिने विधेयकले के देशलाई सही र उन्नतिको बाटोमा लैजाला त? यो प्रश्न गम्भीररूपमा हामीसामु तेर्सिएको धरहरालाई लागेको छ। दुई तिहाइको नाउँमा संसद्मै यस्तो घृणित कार्य गर्नु राष्ट्र र जनताका लागि घातक हुनेछ। चेतना भया।

प्रतिक्रिया दिनुहोस्