ट्रम्पकी आमाले कुनै बेला घरमा नोकरको काम गरेकी थिइन्



वासिङ्टन (एजेन्सी) अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पकी आमा मेरी एनी मेक्लेउडको जन्म लुइसको हब्रिडिएन आइल्यान्डमा भएको थियो , तर पछि उनले न्युयोर्कमा आएर फरक खालको जीवन विताएकी थिइन् । मेक्लेउड १० हजार स्कटिस मध्यका एक हुन् जसले २० औं सताब्दीको सुरुवाटका बर्षहरुमा आर्थिक संकट बच्न अमेरिका र क्यानाडामा आप्रवासी भएर आएका थिए र त्यहीँ पलायन भए ।

सन् १९३० मा न्युयोर्कका लागि आफु हुर्के बढेको लुइसलाई पहिलो पटक छोड्दा मेरी १८ बर्षकी थिइन् । उनले न्युयोर्कमा घरेलु नोकरको काम पाएकी थिइन् । त्यसको ६ बर्ष पछि मेक्लेउडको विवाह एकजना सफल प्रोपर्टी डेभेलपर फ्रेडरिक ट्रम्पसँग भयो । फ्रेडरिक जर्मन प्रवासी थिए र उनी न्युयोर्कमा सबैभन्दा सफल पूरुषहरुमध्यको एक थिए ।


डोनाल्ड जोन फ्रेडरिक र मेरीको पाँच सन्तानमा ट्रम्प चोथो सन्तान हुन् र उनी नै अहिले अमेरिकाको ४५ औं राष्टपति बनेका छन् । ट्रम्पकी आमाको जन्म स्कटल्यान्डको लुइसमा स्टोर्नोएवेबाट ३ माइल दुरीमा पर्ने टोंगमा भएको थियो । वंशावली विशेषज्ञ बिल लासनले यसको वंशबृक्षको अध्ययन गरेका थिए।
मेरी एनी मेक्लेउडका पिता म्यालकम एउटा पोस्ट अफिस चलाउँथे र त्यसको धेरैबर्षपछि उनले एउटा पसल सुरु गरेकी थिइन् । अरुको तुलनामा उक्त परिवारको आर्थिक स्थिति अलि ठिक भएको बिल बताउँछन् । पहिलो विश्वयुद्ध र त्यसपछिको समयमा त्यहाँका मानिसहरुको जीवन कस्टकर बनेको थियो । उक्त टापुका करिब १ हजार नागरिक मारिएका थिए ।

मेक्लेउडको जन्म अलि ठुलै परिवारमा भएको थियो । उनका नौजना दाजुभाई तथा दिदी बहिनी थिए । त्यही बेला उक्त परिवारले टापु छोडेको लासनले बताए ।

त्यतिबेला धेरैजसो क्यानाडा गइरहेको भएपनि उनीहरुका लागि भने अमेरिका नै सहज थियो । किनभने त्यहाँका धरैजसोको नातेदार अमेरिकामा थियो । सन् १९३० मा न्युयोर्क पुगेकी ट्रम्पकी आमा र उनकी बहिनी क्याथेरिन कामको खोजीमा निस्केकी थिइन् । न्युयोर्कमा एउटा धनी परिवारमा मेक्लेउडलाई नोकरको काम मिल्यो । सन् १९२९ मा वाल स्ट्रिट क्र्यासमा अमेरिकीमा पनि आर्थिक मन्दी आइरहेको थियो ।

मेक्लेउडको हातबाट त्यो नाकरी पनि गयो । उनी १९३४ मा फेरि स्कटल्यान्ड फर्किन् । तर उनको भेट फ्रेड ट्रम्पसँग भयो र पुन एक पटक उनी न्युयोर्कमा पुगिन् । यो जोडी धनीहरुको बस्ती क्विन्समा बस्थे । मेक्लेउड च्यारिटको काममा ब्यस्त हुन थालिन् ।

डोनाल्ड ट्रम्पका तीन जना काका तर्फका भाइ छन् । उनीहरु अहिले पनि लुइस मै बस्छन् । दुईजना त उनको पैतृक घरमै बस्दै आइरहेका छन् । यो घरलाई मेक्लेउड त्यहाँ हुँदै पुन निर्माण गरिएको थियो । ट्रम्पका तीनै जना ती भाइले सन्चार माध्यमहरुसँग कुरा गर्न अस्विकार गर्दै आइरहेका छन् ।

त्यहाँका स्थानिय काउन्सिलर जोन ए मेकाइवर ट्रम्पका ती भाइका मित्र हुन् । उनले भने– मलाई थाहा छ, यो परिवार अत्यन्तै रामो हो । यिनीहरु अत्यन्तै असल छन् । उनीहरु सन्चार माध्यममा आएर लोकप्रियता हासिल गर्न चाहेको छैन भन्ने कुरामा म निश्चिन्त छु । म बुझ्छु उनीहरु किन सन्चार माध्यमसँग कुरा गर्न चाहँदैनन् ।मेरि एनी मेक्लेउडलाई त्यहाँका वासिन्दाले राम्रोसँग चिनेको र समुदायमा उनको अत्यन्तै इज्जत भएको मेकाइवरले बताए ।

सन् १९४२ मा ट्रम्पकी आमा अमेरिकी नागरिक बनेकी थिइन् । ८८ बर्षको उमेरमा सन् २००० मा ट्रम्पकी आमाको निधन भएको थियो । ‘ मेरीले कहिल्य पनि आफ्नो जन्मभुमिलाई बिर्सेन । उनी जीवनभरी लुइसमा आइरहिन् । उनी यहाँको भाषा गाएलिकमा नै कुरा गर्थिन् ‘ मेकाइवरले बताए ।

मेरी एनीको जन्मेको र हुर्के बढेको ठाउँमा उनका अर्बपति छोरा डोनाल्ड ट्रम्प सन् २००८ मा गएका थिए । उनले आफना काका तर्फका भाइहरुसँग पनि भेटेका थिए । ट्रम्पले आफु ३–४ बर्षको उमेरमा पनि एक पटक लुइस गएको तर आफुलाई स्मरण नभएको बताएका थिए ।

ट्रम्पले सन् २००८ मा लुइसमा भनेका थिए– म अत्यन्तै ब्यस्त छु, म विश्वभरी रोजगारी बढाउनेमा लागिरहेको छु । धेरे गाह«ो हुने गरी समय निकालेको छु । मलाई यहाँ फेरी आउने अवसर मिल्यो भने म अत्यन्तै खुसी हुन्छु ।‘

ट्रम्पकी दिदी मेरी एनी ट्रम्प बेरी अमेरिकी संघिय न्यायधिष छिन् । उनी आफना काका तर्फका भाइहरुलाई भेट्न प्राय लुइसमा जाने गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्