नृत्यबाट चर्चित क्यान्सर रोगीको मृत्यु



न्युयोर्क,(एजेन्सी)
अमेरिकाको एउटा अस्पतालमा क्यामेरा सामु नाचेर लाखौं व्यक्तिलाई प्रभाब पार्ने एक क्यान्सर रोगीको मृत्यु भएको अमेरिकी संचार माध्यमले जनाएको छ । आफ्ना साथी भाई र परिवारको माझ बुधवार अपरान्ह एना– एलेसिया अएला नामक ति युवतीले डल्लास अस्पतालमा अन्तिम श्वास फेरेकी थिइन् ।

विश्वका करिव ९० लाख भन्दा बढि मानिसले फेसबुक र इन्स्टाग्राममा उनको नृतय हेरेका थिए । फेसबुक मार्फत उनलाई श्रद्धान्जली व्यक्त गर्दै उनका साथीहरुले जिवन प्रतिको उनको खुशी देखेर आफुहरु भाव विह्ल भएको उल्लेख गरेका छन् । उक्त नृतयको प्रशिक्षक ओलुरेमी सानोले पनि उनको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

गत अक्टोवरमा पोस्ट गरिएको भिडियोमा अएला केमो दिइएका अर्की रोगीसंग हातमा सलाइन चढाइएकै अवस्थामा नाचेकी थिइन् । उनले त्यतिवेला नृत्य र हाँसो नै सबैभन्दा ठुलो उपचार भएको सन्देश संसारलाई दिन चाहेको बताएकी थिइन् । भिडियोमा दुवै रोगी हाँसीहाँसी नाचिरहेको देखिन्छन् ।

सन् २०१५ को डिसेम्वरमा उनको मुत्राशयमा क्यान्सर भेटिएको थियो । पछि त्यो क्यान्सर पाठेघर र पेटमा पनि फैलिएको थियो । उनले अन्यस क्यान्सर रोगीहरुको मनोवल बढाउने उद्देश्यले नाचेको संचार माध्यमलाई बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्