लोपउन्मुख बन्यजन्तु सालक वनमा छाडियो



ताप्लेजुङ माघ ६ / ताप्लेजुङ नगरपालीका ६ का स्थानियले नियन्त्रणमा लिएको लोपउन्मुख बन्यजन्तु कालो सालक जिल्ला वन कार्यालय ताप्लेजुङले विहिबार स्थानिय धुसेनी जंगलमा छाडेको छ ।

बुधबार राति ताप्लेजुङ नगरपालिका ६ का निरकुमार मादेन र नविन मादेनले सोहि स्थानको कच्चि बाटोमा राति फेला पारी प्रहरीलाई बुझाएको करीब पाँच किलो तौल भएको उक्त पोथि सालक सरोकारवाला निकायका प्रतिनिधिको रोहवरमा धुसेनि जंगलमा छाडिएको जिल्ला बन कार्यालयले बताएको छ ।

सालकको लम्बाई करीव दुई फिट ९ ईन्च रहेको थियो । सालक प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । विश्वभर आठ जातिका सालक पाइन्छन् ।

नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन् ।

सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ । तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ । यस अघि २०७२ साल चैत्र ९ गते पनि स्थानिय ले भेटेर प्रहरीलाई बुझाएको सालक सोहि स्थानमा छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्