नेप्सेमा झिनो सुधार



काठमाडौं, (नेस) ।
साताको अन्तिम कारोबारमा बिहीबार नेप्से शून्य दशमलव ३३ अंकले वृद्धि हु“दै १४६२ दशमलव ५५ अंकमा पुगेको छ । कुल १३१ कम्पनी कारोबार भएको दिन ११ लाख १४ सय कित्ता शेयर ३३ करोड ९५ लाख रुपियाँमा किनबेच भएको थियो ।

बिहीबार युनियन फाइनान्सको २ करोड ६५ लाख रुपियाँ बराबरको (संस्थापक) शेयरको सबैभन्दा धेरै कारोबार भएको हो । यसपछि प्रभु बैंक, नेपाल बैंक, नेपाल एसबीआई, मेगा बैंक, सिद्धार्थ बैंकको पनि उच्च कारोबार भएको ।त्यस्तै बिहीबारको राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

साथै कर्णाली डेभलपमेन्ट बैंक, ओरिन्टल होटल, एनबि इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स तथा वेस्टर्न डेभलपेमन्ट बैंकलगागतका कम्पनीका लगानीकर्ता पनि कमाउनेमा परेका छन् । तर, हिमालयन डिस्ट्रीलरीका लगानीकर्ताले धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्