टाटाको विन्टर अन फायर स्किम



काठमाडौं, (नेस)
टाटा मोटर्स् र नेपालको लागि टाटा पेसेन्जर भेहिकलको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विन्टर अन फायर स्किम सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस स्किम अन्तर्गत अब टाटाको जेस्ट, बोल्ट र स्ट्रोम गाडीहरुको खरिदमा ग्राहकहरुले नगद ४ लाख रुपियाँसम्म छुट र ४ वर्षसम्मको वारेन्टी प्राप्त गर्न सक्नेछन् । टाटाको कम्प्याक्ट सेडान गाडी टाटा जेस्टमा मल्टी ड्राइभ मोड सिस्टम, भ्वाइस रिअर्गनाइजेसन सिस्टमलगायतका विशेषता छन्।

बोल्ट मल्ट्री ड्राइभ मोड भएको ह्याचब्याक गाडी हो। स्ट्रोम एसयुभी सेग्मेन्टको १५६ पीएस पावर भएको र चार सय एनएम टर्क भएको गाडी हो । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने भएकाले गाडी किन्ने सोच बनाइराख्नुभएका ग्राहकलाई टाटाको नजिकैको शोरुममा गएर अन्य जानकारी लिई यही मौकामा गाडी खरिद गर्न कम्पनी आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्