किराको नाम डोनाल्ड ट्रम्प



लस एन्जलस, (एजेन्सी)
अमेरिकाका ४५औं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो हेयरस्टाइल भएको एउटा किराको नाम नै डोनाल्ड ट्रम्प राखिएको छ। यसरी राष्ट्रपतिको नामबाट चिनिने यो पहिलो जीव बनेको छ।

नियापालपा डोनाल्ड ट्रम्पको खोज क्यालिफोर्नियामा क्यानाडाली शोधकर्ता बेजरिक नजारीले गरेका हुन्। टाउकोमा एउटा विशेष स्वरूपमको सुनौलो कपालका कारण उक्त किरा ट्रम्पजस्तो देखिएको हो।

यसअघि राष्ट्रपति बाराक ओबामाको कार्यकालका क्रममा नौ प्रजातिको नाम उनको नाममा राखिएको थियो।
उक्त नयाँ किराको पखेटा एक सेन्टिमिटरभन्दा केही परसम्म मात्र फैलिन्छ। यो दक्षिणी क्यालिफोर्निया र बाजा क्यालिफोर्नियाको मेक्सिकन इलाकामा भेटिएको हो।

यसबाट ट्रम्प प्रेरित हुने र आफ्नो कार्यकालमा संवेदनशील पर्यावरणीय मुद्दालाई प्राथमिकता दिनेमा नजारीले विश्वास व्यक्त गरे।
उनले लाइभ साइन्सलाई भने– ‘राष्ट्रपतिले संवेदनशील पारिस्थितिक प्रणालीका यी महत्वपूर्ण पक्षको संरक्षणलाई आफ्नो सर्वोच्च प्राथमिकताको सूचीमा राख्नेछन् भन्ने अपेक्षा छ। पर्यावरणीय प्रणालीमा थुप्रै नयाँ तथा विचित्र प्रकारका प्रजाति छन् जसको खोज हुन बाँकी नै छ। भावी पिँढीका लागि उनीहरुको संरक्षण गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्