मिति फेरेर गाउँ परिषद



सिन्धुली, (नेस)।
वेलघारी गाविसको गाउ परिषद पुस २९ गतेको मितिमा माघ ५ गते सम्पन्न भयो, लाम्पानटार गाविसको पनि माघ ४ गते गाउ परिषद सम्पन्न भएको छ । कल्पवृक्ष गाविसको माघ ७ गते योजनामा तजुमा बैठक र आठ गते गाउ परिषद हुदै छ, यी गाविस त उदाहरण मात्र हो, सिन्धुलीका अधिकांस गाविसको परिषद पुस मसान्तमा गाविस परिषद गर्न नसके पनि अघिल्लो मितिमा नै पछि निर्णय गर्ने गरेको छ ।

यस्तो गाउँ परिषद हुन बाकी धेरै गाउ विकास समिति बाँकी भए पनि अधिकांस गाविसले पुस मसान्तमा नै गाउँ परिषद भएको प्रतिवेदन जिल्ला विकास समितिमा बुझाउने गरेको छ । गत वर्षहरुमा पनि अधिकाँश गाविसले पुस मसान्तको नै मितिमा वैठक पुस्तीकामा लेखि ल्याउने गरेको थियो । न्यूनतम सर्त मापनमा पास हुनको लागि अनिर्वाय पुस मसान्तमा गाउ परिषद गरिसक्नु पर्ने व्यवस्था भए पनि गाविस सचिवले विभिन्न वाहानमा पुस मसान्त भन्दा पछि बैठक बसी अघिको मितिमा निर्णय गर्ने गरेका छन् ।

हालसम्म गाउँ परिषद गरेको निर्णय १० ओटा गाविसले मात्र जिल्ला विकास समितिमा वुझाएको योजना शाखा अधिकृत भुपेन्द्रध्वज वस्नेतले जानकारी दिनुभयो । जिल्ला विकास समितिले सबै गाविसलाई पुस मसान्त भित्र गाउँ परिषद सक्न परिपत्र गरिएकोले अधिकांस गाविसले परिषद सकेको हुन सक्ने शाखा अधिकृत वस्नेतले बताउनुभयो । अघिल्लो गाउँ परिषदको आधारमा यस आर्थिक वार्षको योजनाको रकम निकास हुने भएकोले गाउँ परिषदको निर्णय ढिलो ल्याउने गरेको शाखा अधिकृत बस्नेतले बताउनुभयो । कुनै गाविसको प्राविधक कारणवस ढिलो भए पनि पुस मसान्तको मितिमा नै वैठक निर्णय गराएर ल्याउन गरेको समेत वस्नेतले जानकारी दिनुभयो ।

भुकम्पको काम गनुपर्ने र दुई ओटा गाविसको काम गनुपर्ने वाध्यता भएकोले समयमा नै गाउँ परिषद गर्न नसकेको लाम्पानटार गाविसका सचिव झिल्लाबहादुर खड्काले बताउनुभयो । ‘स्थानीय राजनीतिक दलको समहमतिमा पुस मसान्तको मितिमा नै गाउ परिषदको निर्णय गछौं’ गाविस सचिव खड्काले भन्नुभयो । स्थानीय राजनीति दलको सहमति नहुदा गाउँ परिषद लम्मिने गरेको गाविस सचिवहरुको गुनासो रहेको छ ।

स्थानीय राजनीतिक दलले आ–आफ्नो क्षेत्रमा बढी विकास निर्माणको योजनाहरु पार्न तछाडमछाड गर्ने गरेका कारण गाउँ परिषद तोकिएको समयमा हुन नसक्ने गाविस सचिव खड्काले बताउनुभयो । गाविसमा सिमिति बजेट आउने र स्थानीय राजनीतिक दलले आ–आफ्नो योजना पास गराउन जड गर्ने र राजनीतिक दलका प्रतिनिधि विभिन्न काममा व्यस्त भईदिने कारण गाउ परिषद बैठक बस्न समस्या भएको गाविस सचिव खड्काले बताउनुभयो ।

‘गाउ परिषद समयमा नै सक्न जिल्ला विकास समितिबाट दवाव आउन छ, स्थानीय राजनीतिक दलको आ–आफ्नो स्वार्थ पुर्ती नभए सम्म सहमतिमा आउदैन गाविस सचिवले भुकम्पदेखि निर्वाचन सम्मको सबै काम गर्नुपर्छ, कुनचै मात्र भ्याउनु समस्या नै समस्या मत्र छ’ कल्पवृक्ष गाविस सचिव तिर्थबहादुर लामाले गुनासो गर्नुभयो ।

गाविस सचिवलाई स्थानीय निकायको सबै जिम्मेवारी दिदा र स्थानीय राजनीतिक दल आ–आफ्नो स्वार्थमा फस्दा समयमा नै गाविस परिषद हुन नसक्नु एउटा समस्या रहेको छ भने गाउ परिषद मात्र झारो टार्ने काम हुदा लक्ष्यत वर्गको कार्यक्रम ओझेलमा पर्ने गरेको छ । स्थानीय राजनीतिक दललाई विकास निर्माणको काम भाग बण्डा गर्नमा नै वढी ध्यान छ भने गाविस सचिवलाई गाउ परिषद सक्न राजनीतक दलका प्रतिनिधिलाई फकाउनमा नै ध्यानकेन्द्रित हुने गरेको कारण गाउँ परिषद मात्र कर्मकाण्डीमा सिमिति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्