नेरी र प्रकाशलाई सेलेब्रेटी अवार्ड



नेपालगन्ज,(नेस)
क्रियटिभ ह्याण्ड्स ग्रुप र ओम फिटनेस क्लब नेपालगन्जले पहिलो चरणमा सेलेबे्रेटी रेस्पोन्स अवार्ड वितरण गर्दा दुई खेलाडीले सो अवार्ड जित्न सफल भएका छन् ।

सोमबार नेपालगन्जमा भएको अवार्ड कार्यक्रममा नेपाली महिला राष्ट्रिय क्रिकेटकी पहिलो कप्तान नेरी थापा र भारोत्तोलक प्रकाश केसीले सो अवार्ड जितेका हुन् । अन्यमा मिस नेपालगन्ज सुमन थापा र मिस मध्यपश्चिम एलिना मगर तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सेलिब्रिटी खबर अनलाइन पत्रिकाको समन्वयमा क्रियटिभ ह्याण्ड्स ग्रुप र ओम फिटनेस एण्ड अर्डर सप्लायर्सले सामाजिक जीवनका बिभिन्न क्षेत्रमा अगुवाई गर्ने व्यक्तित्वहरुका लागि पहिलो पटक सेलिब्रिटी रेस्पोन्स कार्यक्रम सुरु गरेको क्लबका अध्यक्ष लबराज श्रेष्ठले बताए ।
सम्मानित सेलिब्रिटीहरुले नेपालगन्जको सुर्खेतरोडस्थित ओम फिटनेस क्लबमा कम्तीमा एक बर्ष निशुल्क जिम व्यायाम, एरोबिक अभ्यास लगायतका सुविधा प्राप्त गर्नेछन् । क्रियटिभ ह्याण्ड्स ग्रुपका हरेक कार्यक्रममा यी सेलिब्रिटीहरु सद्भावना दुतका रुपमा रहने ग्रुपका अध्यक्ष टीएस ठकुरीले जनाए ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले नेपालगन्जका लागि मिसन २०७५ सुरु भइसकेको बताउँदै साझेदारीका लागि उद्योगी व्यवसायी, राजनैतिक दल, पत्रकार र आम नागरिकलाई समन्वय तथा साझेदारीका लागि आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्