अब प्रचण्डसँग…..



राष्टपति विद्यादेवी भण्डारीकी छोरीको सोमबार सम्पन्न विवाहले दलहरु र तत्कालीन राजतन्त्रबीच केही वर्षदेखि बढ्दै गएको कटुता अन्त्य गर्नमा महत्वपूर्ण भुमिका खेलेको चर्चा अहिले धरहरा वरपर भइरहेको छ ।

जेभएपनि पूर्व राजा पूर्व राष्टप्रमुख पनि भएको नाताले कसैले पनि खेद्नु जरुरी कुरा होइन । उनलाई आफ्नो अभिव्यक्ति राख्न पाउने अधिकार छ । जनताको निर्णयको सम्मान गर्दै उनी राजकाज छोडेर बाहिरिएका हुन् ।

अब अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व राजाका बीच रहेको बाँकी कटुता पनि अन्त्य गर्ने हो कि ? मरिलानु के नै छ र ? तर, प्रधानमन्त्रीले कसको पो बिहेमा बोलाउने होला ? छोराको कुरा गर्दा बिचरा तीन वटा भइसके । फेरि चार वटा गर्न मिलेन ।

छोरीहरुको पनि भइसकेको छ । बरु नाति नातिना बाँकी छन् भने त्यो मौका चाहिं नछोड्ने हो कि ? धरहरालाई प्रचण्ड र ज्ञानेन्द्रको मिलन हेर्न मन छ है । हुनत पहिला उहाँहरुको हिमचिमको हल्ला सुनेको हो । तर धरहराले देख्ने गरी हिमचिम देखेको छैन । एक पटक दुरबिन भेटघाटको त्यो दृश्यतिर सोझयाउन आतुर छ है पाठकबृन्द यो धरहरा ।

प्रतिक्रिया दिनुहोस्