२१ मन्दिरका लागि सोलार वितरण



नेपाल समाचारपत्र
दमौली
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले तनहुँका विभिन्न मठमन्दिरका लागि सोलार वितरण गर्नुभएको छ। नेता पौडेलको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट अनुदान सहयोग प्राप्त सोलार विभिन्न २१ मन्दिरका लागि आइतबार दुलेगौंडामा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो।

नेपाली कांग्रेस क्षेत्रीय समितिको संयोजनमा आयोजित कार्यक्रममा वितरणपछि बोल्दै पौडेलले कांग्रेसले अब विकास र सम्वृद्धिको मुद्दालाई प्राथमिकता दिने बताउनुभयो। सोलार गाछेपानीको मुक्तिनाथ च्यवनधाम, शुक्ला गण्डकी आठको तीनखोले देवी, भानुमतिको सिद्धवाराही, साभुङ भगवतीको थानी झाँक्री मन्दिरमा वितरण गरिएको हो।

त्यसै गरी माझकोटको कालावाला भैरव, भिमादको शिव मन्दिर, ढोरफिर्दी पाटनको शिवालय मन्दिर, दुलेगौंडा पुल्चोकको गुरुङ गुम्बा र बौद्ध सदन (मगर) गुम्बा, मनपाङ छबिसेको अकलादेवी मन्दिर, शुकला गण्डकी एकको भुलभुले वाराहीलगायतका मन्दिरका अध्यक्ष एवम् प्रतिनिधिलाई उक्त सोलार वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्