सक्कली ⁄नक्कली



हिजोबाट राजधानीको मौसम चिसिएको थाहा पाएर धरहरा वरपर घाम ताप्न आउने पनि घटेका छन्। सायद् घरबाट निस्कन नसकेर पनि हुन सक्छ। एकाध आएकाले पनि मौसमकै बारेमा कुरा गर्दै थिए। चिसो यस्तै हुने हो कि अझै बढ्ने होला ? अनि ती मध्येकै केहीको जवाफ थियो –मौसमविद्हरूले त अझै केही दिन चिसो बढ्छ भनेका छन्। खोई के हुने हो हेरौं ? पहिलोले थप्यो–यी मौसमविद्पनि नक्कली परे कि के हो ? केही दिन अघि भोलिपल्ट पानी पर्छ भनेका थिए। तर चर्को घाम लाग्यो। त्यसैले खोई के विश्वास गर्नु र ?

दोस्रोले भन्यो–मौसमविद्को विश्वास नगरेर खोई कस्को पो गर्ने र ? मौसमको जानकारी उनीहरूले नै राख्ने हो क्यार ?

धरहरालाई चाहिं ढुक्कै छ है पाठकबृन्द। मौसमविद् सक्कली परुन् कि नक्कली ? आफू त निर्जिव परियो। जाडो भए के ,नभए के ? तर, प्यारा पाठकबृन्दलाई चाहिं चिसोबाट जोगिन सुझाव छ है।

प्रतिक्रिया दिनुहोस्