सुबास सम्मानित



काठमाडौं, (नेस) नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले संघका खेलाडी सुबास घतानेलाई शनिबार नगदसहित सम्मान गरेको छ। पूर्वाञ्चलमा गत पुसमा भएको सातौं राष्ट्रिय खेलकुदको करातेतर्फ स्वर्ण जित्न सफल सुबासलाई ५० हजार नगदसहित सम्मान गरिएको हो। पुरुष ७५ केजीको फाइनलमा नेपाल आर्मीका सुबासले फाइनलमा नेपाल प्रहरीका गंगाराम कुशुवारलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै स्वर्ण जितेका थिए।एसकेआईएफको आयोजनामा शनिबारदेखि सातदोबाटोमा सुरु नवौं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन अवसरमा एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले सुबासलाई सम्मान पत्र र नगद ५० हजार रूपैयाँ प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्