लामो दुरीका यात्रुलाई साझाको २० प्रतिशत छुट



काठमाडौं, २९ पुस ।
काठमाडौंबाहिर लामो दूरीमा आफ्नो बसबाट यात्रा गर्नेहरुका लागि साझा यातायातले छुट दिने भएको छ ।
साझाले काठमाडौं बाहिर यात्रा गर्ने यात्रुलाई २० प्रतिशत छुटको सुविधा दिने घोषणा गरेको हो ।

भोलिदेखि साझाका बसहरुमा लामो दूरीको यात्रा गर्नेहरुलाई छुटको व्यवस्था गरेको शुक्रबार साझाले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

साझाले काठमाडौंबाट बुटवल–भैरहवा–सुनौली, हेटौंडा–वीरगञ्ज र पोखरा–कुस्मा–बाग्लुङ गरी तीन रुटमा १४ वटा बसहरु दुईतर्फी सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्