हात्तीको आक्रमणबाट बालकको मृत्यु



चितवन, २९ पुस / माडी नगरपालिका–११ खरकट्टामा आज बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागर सुनारको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बिहान २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि भरतपुर ल्याइँदैछ ।

यसअघि गत मङ्गलबार जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा एक भारतीय पर्यटकको पनि मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्