क्रिकेटरलाई प्रत्यक्ष लाभ



लिलामीमा सहभागी टिमका कप्तानको चयन नगरे पनि अन्य खेलाडीलाई भने लिलामीबाट छनोट गरिएको छ । गोला प्रथाबाट छनोट भएका कप्तानलाई प्रतियोगितामा खेलेबापत जनही १ लाख ५० हजार नगद पारिश्रमिक दिइएको छ । यसले क्रिकेटरलाई प्रत्यक्ष लाभ पुगेको छ । यति ठूलो रकम पाउने भएपछि क्रिकेटरका लागि यस्ता प्रतियोगिताले टेवा पुग्ने पनि अनुमान लगाइएको छ ।

पारस खड्का, ज्ञानेन्द्र मल्ल, सरद भेषवाकर, वसन्त रेग्मी, विनोद भण्डारी र शक्ति गौचनले जनही १ लाख ५० हजार रुपियाँ पाउने भएका छन् । त्यस्तै पुस २३ गते खेलाडी लिलामीबाट एक–एक लाख पाउनेमा चार खेलाडी भाग्यमानी बनेका छन् । जसमा महबुब आलम, सागर पुन, सोमपाल कामी र करण केसीलाई लिलामीमा १–१ लाखमा किनिएको हो।

नेपाल क्रिकेट प्लेयर एसोसियसनको सहकार्यमा दर्ता भएका खेलाडीहरूलाई चार तहमा विभाजन गरिएको छ । ‘ए’ समूहका खेलाडीहरूले न्यूनतम् ५० हजार, ‘बी’ समूहका खेलाडीको ३० हजार, ‘सी’ समूहको खेलाडीको २५ हजार र ‘डी’ समूहका खेलाडीहरूको २० हजारबाट बोली शुरू भएको थियो । जुनसुकै समूहका खेलाडीहरू टिमले लिन चाहेमा न्यूनतम रकममा बढाबढ गर्न पाउने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्