पञ्चकन्या ग्रुपद्वारा वृक्षारोपण



काठमाडौं, (नेस)
पञ्चकन्या ग्रुपले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत केही वर्षदेखि ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाका सडकपेटीमा सम्बन्धित नगरपालिका र पञ्चकन्या ग्रुपको सहकार्यमा वृक्षारोपण हुँदै आएको छ।
थोरै भए पनि वातावरणीय प्रदुषण कम गर्न सहयोग हुने अपेक्षासहित उक्त समूह यस कार्यमा लागेको जनाएको छ। यस कार्यलाई भविष्यमा पनि निरन्तरता दिने सम्बन्धमा प्रतिबद्धता गर्दै ग्रुपले काठमाडौं महानगरपालिका क्षेत्रअन्तर्गत माइतीघरदेखि सिंहदरबार हुँदै पद्मोदय स्कूलसम्म एकतर्फी सडकपेटी र भृकुटीमण्डपको दुवै सडक पेटीमा वृक्षारोपण गरेको छ।

त्यस्तै त्रिपुरेश्वर, रंगशालादेखि सिभिल मल सुन्धारासम्म एकतर्फी सडकपेटीमा वृक्षारोपण गरेको छ भने ललितपुर उपमहानगरपालिका क्षेत्रमा बागमती पुलदेखि कुपण्डोल उकालोसम्म सडकको दुवै किनाराको पेटीमा र पुल्चोकदेखि भनिमण्डलसम्म सडकको दुवै किनारामा वृक्षारोपण गरेको छ। यसरी गरिएको वृक्षारोपणमा निरन्तर आवश्यक गोडमेल, सरसफाई कार्य र पानी सिञ्चित गर्ने कार्यसमेत गर्दै आएको छ। भविष्यमा उक्त कार्यलाई निरन्तरता दिँदै अन्य क्षेत्रमा पनि त्यस किसिमको कार्य गर्दै जाने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्